ब्रिज इन्टरनेशनलमा क्याप्टेन र हाउस क्याप्टेन छान्न निर्वाचन



कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ मा रहेको ब्रिज इन्टरनेशनल स्कूलमा क्याप्टेन,भाइस क्याप्टेन र हाउस क्याप्टेन छान्न निर्वाचन गरिएको छ । स्कूलमा अध्ययनरत विद्यार्थीहरुमध्येबाट निर्वाचन गरिएको हो ।

जसमा स्कुल क्याप्टेनमा सञ्जय बोहोरा र भाइस  क्याप्टेनमा रितु लावड निर्वाचित भएका छन् । निर्वाचन अधिकृत प्रेम शर्माका अनुसार निर्वाचनमा जम्मा ५८७ मत खसेको थियो । जसमा १७५ मत सदर र १२ मद बदर भएको थियो । स्कुलका सञ्चालक समीर घर्तीले विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धी जानकारी गराउनका लागि निर्वाचन गरिएको जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २ गते शुक्रबार