बैजनाथ–४ का १० वर्षीय बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला



कोहलपुर : एक हप्तादेखि हराईरहेको बाँके बैजनाथ–४ का १० वर्षी य बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ ।
कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल बुढा बैशाख ८ गतेदेखि हराएको भन्दै आमा यशोधा बुढाले इलाका प्रहरी कार्यालय,कोहलपुरमा निवेदन दिएकी थिइन् । खेतमा गाडेको अवस्थामा बालकको शव फेला परेको हो ।

बालक बैजनाथ – ४, नौलापुर घर भई कोहलपुरमा डेरा गरी बस्ने यशोधा कै छोरा भएको पुष्टि भएको छ ।बाख्रा चराउन गएका मान्छेले मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवभन्दा केही पर परालले छोपेको अवस्था साइकल र कुशलको टिसर्ट गाडिएको थियो । प्रहरीका अनुसार, कुशलका बुबाको केही वर्ष पहिला नै मृत्यु भएको थियो । आमाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी छन् । कोहलपुरमा डेरा गरी सबै सँगै बस्थे । प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका लागि कुशलको आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको छ । घटना बारे विस्तृत जानकारी आउन बाँकी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १६ गते मंगलबार