कोहलपुर : बाँकेको कोहलपुरमा अन्तर डोजो स्तरीय गोजु–रियो कराते प्रतियोगिता–२०८२ हुने भएको छ । नेपाल गोजु–रियो कराते डो संघ बाँकेको आयोजनामा आगामी वैशाख १२ गते कोहलपुर–३ जनता मावि मैटहवामा प्रतियोगिता सञ्चालन हुने भएको हो । मंगलबार पत्रकार सम्मलेन गर्दै संघले बाँके,बर्दिया,दाङ र कैलालीगरी चार जिल्लाका १५ टोली सहभागी हुने बताएको छ । आयोजकका अनुसार हालसम्म १२ वटा टिम दर्ता भइसकेका छन् । बाँकी ३ टिम केहीदिन भित्रै दर्ता हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा २५० देखि ३ सय जना खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा २५ केजीदेखि ६० केजी सम्म महिला र पुरूष सहभागी हुन पाउने भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै खेलाडीहरुको प्रोत्साहन र खेलप्रति रुचि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल गोजु–रियो कराते डो संघ बाँकेका अध्यक्ष यज्ञ महराले बताए ।
कोहलपुरमा हालसम्म हुने खेलकुद प्रतियोगिता सहरी क्षेत्रमा भइरहेको भन्दै खेलकूद प्रतियोगिताहरु ग्रामीण क्षेत्रमा पनि गर्नुपर्ने ध्येयसहित जनता माविमा प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाइ थियो । अध्यक्ष महराले कार्यक्रमको तयारी तीव्र्र रुपमा भइरहेको बताउँदै प्रतियोगिता सफल पार्न सबैको सहयोगको अपेक्षा गरेको बताए ।
मध्यपश्चिम टेक्निकल डाइरेक्टर तथा नेपाल गोजु–रियो कराते डो संघका केन्द्रिय सदस्य जनक विकले प्रतियोगिताबाट उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता गराइने जनाकारी दिए । कोहलपुरको पहिचान बाँके मात्र नभई केन्द्रसम्म पु¥याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ ।
राज्यले पनि कराते खेलाडी र खेललाई उपेक्षा गरेको प्रतियोगिताका खेल संयोजक निमप्रसाद खनालले बताए । अन्य खेलहरुको हकमा कराते खेललाई राज्यले प्रथामिक्ता नदिएको भन्दै दुःखेसो पोखे ।आर्थिक रुपमा कहीँ बाट सहयोग नपाएको बताउँदै उनले प्रत्येक खेलाडीबाट ४सय रुपैयाँ प्रवेश शुल्क लिएर प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिए । अनुसार प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने खेलाडीहरुलाई नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताए । प्रथम पुरस्कार ७ हजार, द्धितीय पुरस्कार ५ हजार र तृतीय पुरस्कार ३ हजार रहेको खनालले बताए ।
जनता मावि मैटहवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर थापाले प्रतियोगिताबाट स्कुल चिनाउने अवसर रहेको बताए । भौगोलिक रुपमा पछडि परेको विद्यालयममा खेलकुदको विकास हुने विश्वास लिएको उनको भनाइ छ ।यस्तै,खेलकुद विकास समिति कार्यबाहक अध्यक्ष विनय गिरीले आगामी बजेटमा प्रतियोगितालाई समटीने बताए । नयाँ बजेट बनानउने समय आएकाले छलफल गरेर विद्यागत रुपमा बजेट विनियोजन गर्ने लक्ष्य रहेको जानकारी दिए । प्रतियोगितामा नगर विकासले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्