प्रथम शिखा पौडी प्रतियोगिता सम्पन्न



प्रतियोगितामा कूल ६६ अंकसहित शिखाले प्रथम स्थान हासिल गरेको थियो । ४४ अंकसहित स्प्रिङ डेल एकेडेमी नेपालगन्जले द्धितीय स्थान हासिल गरेको छ । यसैगरी, १७ अंक प्राप्त गरेर आदर्श माध्यमिक विद्यालय नेपालगन्जले तृतीय स्थान हासिल गर्न सफल भएको आयोजक शिखा एकेडेमी पिपिरी कोहलपुरले जनाएको छ ।
कोहलपुर (बाँके) ।

‘प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिता’मा आयोजक शिखा एकेडेमी कोहलपुर प्रथम भएको छ । नेपालगन्ज पौडी क्लबको समन्वयमा शनिबार विद्यालयमा नै आयोजना गरिएको प्रतियोगितामा शिखा एकेडेमी प्रथम भएको हो । शिखा एकेडेमीकोे पौडी पोखरीमा भएको प्रतियोगितामा कूल ६६ अंकसहित शिखाले प्रथम स्थान हासिल गरेको थियो ।

४४ अंकसहित स्प्रिङ डेल एकेडेमी नेपालगन्जले द्धितीय स्थान हासिल गरेको छ । यसैगरी, १७ अंक प्राप्त गरेर आदर्श माध्यमिक विद्यालय नेपालगन्जले तृतीय स्थान हासिल गर्न सफल भएको आयोजक शिखा एकेडेमी पिपिरी कोहलपुरले जनाएको छ । सर्वाधिक ५ वटा स्वर्ण पदक जितेका सुशान्त बोहोरा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा बाँके जिल्लाका १६ वटा संस्थागत विद्यालयमा ६८ जना प्रतियोगी सहभागी रहेका थिए ।

आठ वर्षदेखि १७ वर्ष उमेर समूहका प्रतियोगीहरूबीच विभिन्न विधामा प्रतिस्पर्धा भएको आयोजक शिखा एकेडेमीले जनाएको छ । जम्मा २९ वटा इभेन्टमा प्रतिष्पर्धा भएको थियो । उक्त अवसरमा शिखा एकेडेमीले विद्यालय परिसरमै फुटसल खेल मैदान बनाउन सुरु गरिएको छ ।

नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलगायतले संयुक्त रूपमा फुटसल भवनको शिलन्यास गरेका थिए ।
लुम्बिनी खेलकुद काउन्सिलका निवर्तमान उपाध्य नरेन्द्र थापा लगायत नेपालगन्ज र कोहलपुरका शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रका व्यक्तित्व र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार