नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालका अनुसार एकैदिन कायाकाँडामा ८६ जना भाइरल ज्वरोका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल कालीकोटका डाक्टर दर्शनप्रसाद पाण्डेको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले जाँच गर्दा एकैदिन धेरै बिरामी भेटिएका हुन् । ८६ जनामध्ये ५३ महिला र ३३ जना पुरुषमा भाइरल ज्वरो देखिएको सेजुवालले मिसन टुडेलाई जानकारी दिए ।
नन्दराम जैशी । सुर्खेत ।
कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित कायाकाँडाबासी भाइरल ज्वरोले थला परेका छन् । भाइरल ज्वरोले मान्छेलाई नछोएको गाउँमा कुनै पनि घर छैन । सिंगो गाउँमा नै अचानक भाइरल ज्वरो फैलिएपछि नगरपालिकाले चिकित्सक परिचालन गरेको छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालका अनुसार एकैदिन कायाकाँडामा ८६ जना भाइरल ज्वरोका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल कालीकोटका डाक्टर दर्शनप्रसाद पाण्डेको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले जाँच गर्दा एकैदिन धेरै बिरामी भेटिएका हुन् । यो प्रकोपमा सबैभन्दा बढी महिला प्रभावित भएका छन् । ८६ जनामध्ये ५३ महिला र ३३ जना पुरुषमा भाइरल ज्वरो देखिएको सेजुवालले मिसन टुडेलाई जानकारी दिए ।
‘जिल्ला सदरमुकाम मान्मसँग जोडिएको यो बस्तीमा इन्फुलुएन्जाजस्तै भाइरल देखा परेको छ । यसमा चिकित्सक सहितको टोलीले अनुसन्धान गरिरहेको छ’, उनले भने, ‘यो रोग पहिचानका लागि सोमबार सुर्खेतबाट किट मगाएका छौँ । अब मंगलबार (आज) स्वाव संकलन गरी परीक्षण गरिनेछ । त्यसपछि भाइरल ज्वरो हो वा अन्य कुनै भाइरस हो भन्ने पुष्टि हुन्छ ।’
स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखाले भाइरल ज्वरो फैलिएपछि चिकित्सक खटाइदिन पत्राचार गरेको थियो । उक्त पत्राचारपछि स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा पठाएको हो । त्यसअघि बिहीबार मात्रै जिल्ला अस्पतालमा आएका प्रभावित क्षेत्रका २१ जनामा इन्फुलुएन्जाजस्तै लक्षण देखापरेपछि थप अध्ययन भइरहेको अस्पतालले जनाएको छ । २२ गते बिहान आरआरटी र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाबीचको संयुक्त बैठकले प्रकोप प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली परिचालन गर्ने निर्णय गरेको थियो ।
प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षणमा खटिएका डाक्टर दर्शनप्रसाद पाण्डेले गाउँका कुनैपनि घर बिरामीले खालि नरहेको बताए । ‘स्वास्थ्य परीक्षणसहित आवश्यक औषधी र सल्लाह दिएका छौँ । ज्वरो उच्च छैन’, उनले भने, ‘जति जना जिल्ला अस्पतालमा पुग्नु भयो उहाँहरू जस्तो कडा लक्षण त छैन । जोखिम छैन भन्ने अवस्था पनि छैन । तर अस्पतालको नजिकैको गाउँ भएकाले आत्तिहाल्नुपर्ने स्थिति छैन ।’
प्रभावित क्षेत्रमा खटिएका चिकित्सकका अनुसार जाँच गरिएका ८६ जना बिरामीमध्ये १९ जना पाँच वर्षमुनिका, ५८ जना ६ देखि ५९ वर्ष र ९ जना ६० वर्षमाथिका रहेका छन् । उनीहरू जिल्ला अस्पतालकै निगरानीमा छन् । यो बस्ती यस्तो समस्या बेला बेला आउने गरेको स्थानीय बताउँछन् । तर अहिलेसम्म यसको कारण सरसफाइको अभाव नै भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्