यात्राको सुरुवातमा पनि हामीले औपचारिक तामझाम गरेनौँ सीमाना कुरेर बसेका कुतियाकभरबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनीहरू र त्यहाँ रहेको सशस्त्र प्रहरी बिओपीका निरीक्षकले हामीलाई शुभेच्छासहित बिदाइका हात हल्लाउनु भयो, त्यही न्यानो स्नेहसहितको बिदाइसहित हामीले यात्रा सुरु गरी फेसबुक लाइभ गरेर सबैलाई हाम्रो यात्राका बारेमा जानकारी दियौँ । हाम्रो यात्राको ११ दिन र हरेक रातहरू हाम्रो लागि विशेष बने, हामीले जहाँ–जहाँ पाइडल मार्दै पुग्यौँ, त्यहाँ हामीले नेपाली मात्रै भेट्यौँ । न जात भेट्यौँ, न वर्ण, न धर्म, न त भेगियता, न त साम्प्रदायिकता नै । सबैको न्यानो माया र नेपालीपन र नेपाली मनको आत्मियता पायौँ ।
सतिश निरौला । रमेशकुमार मल्ल ।
हामीले २०८० सालको फागुनमा एउटा निर्णय गरियो । साइकलमा महाकाली–मेची यात्रा पूरा गर्ने । तर, त्यो नौलो र अहिलेसम्म गरिएका यात्राहरूमध्ये अलग र फरक हुनुपर्छ भन्ने थियो, त्यसैले रोजियो टेन्डम साइकल । टेन्डम साइकल नौलो र फरक खालको त हुन्छ नै, यसको प्रयोग आक्कलझुक्कल मात्रै देखिन्छ । अझै नेपालमा टेण्डमबाट कसैले पनि महाकाली–मेची वा मेची–महाकाली यात्रा गरेको थिएन, त्यसैले हामीले रोजेका थियौँ टेण्डम । यो साइकल एउटा हुन्छ, तर दुवै सवारीले पाइडल मार्न मिल्ने ।
२०८० फागुन २४ गते महाकालीको सीमानामा रहेको दोधाराचाँदनी नगरपालिकाको एउटा बस्ती कुतियाकभरबाट हामीले १११५ किलोमिटर साइकल यात्राको पहिलो पाइडल मा¥यौँ, यात्रा पूरा भएको हिजो शनिबार पहिलो वर्ष । ती यात्राका यादहरू साझा गर्ने जमर्को गरियो । अहिले हामी हामीले त्यो एक दीर्घ स्मरणीय साइकल यात्रा पूरा गरेको एक वर्ष पुग्ने अघिल्लो दिन एक क्याफेमा गफिदै छौँ र वर्षदिन अगाडिको त्यो ११ दिने साइकल यात्रा अनि पूर्वतयारीका क्षणहरू सम्झँदै रोमाञ्चक पनि पनि भइयो । हामीले टेन्डम साइकल यात्रा गर्ने निधो गरेपनि हामी दुवैसँग त्यो साइकल थिएन । नेपालगन्जमा रहेको पुरानो र ठूलो साइकल पसल बिबि साइकल सेन्टरमा बिक्रीका लागि राखिएको रेले ब्रान्डको टेन्डम साइकल थियो ।
मैले पसलका सञ्चालक सरिफ बागवान जीलाई आफ्नो यात्रा योजना सुनाएँ र उक्त साइकल हामीलाई यात्रा अवधिभरका लागि स्पोन्सर गर्न प्रस्ताव गरेँ, सजिलोसँग उहाँ तयार हुनु भो । त्यसपछि हामीलाई टेन्ट र पेन्नियर ब्याग आवश्यक थियो जुन नेपालगन्जमा उपलब्ध थिएन । त्यसको व्यवस्थापनका लागि हामी लखनउतर्फ हुइँकियौँ । लखनउ डि क्याथलोन टार्गेट गरेर गयौँ, दुर्भाग्य त्यहाँ पेन्नियर ब्याग पाइएन । त्यसपछि केही साइकल पसलमा भौँतारिँदै गर्दा एउटा पसलमा काम चलाउ खाले भेटियो त्यो सँगै केही सामान टेन्टलगायत लखनउमा खरिद गरी हामी सम्पूर्णरूपमा यात्राको तयारी पूरा ग¥यौँ ।
हामीले हाम्रो यात्रा हल्ला खल्ला र धेरै तामझाम नगरी सुरु गर्ने निधो गरेका थियौँ, त्यसैले यात्रा पूर्व घरपरिवार बाहेक कसैलाई जानकारी दिएका थिएनौँ । यात्राको सुरुवातमा पनि हामीले औपचारिक तामझाम गरेनौँ सीमाना कुरेर बसेका कुतियाकभरबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनीहरू र त्यहाँ रहेको सशस्त्र प्रहरी बिओपीका निरीक्षकले हामीलाई शुभेच्छासहित बिदाइका हात हल्लाउनु भयो, त्यही न्यानो स्नेहसहितको बिदाइसहित हामीले यात्रा सुरु गरी फेसबुक लाइभ गरेर सबैलाई हाम्रो यात्राका बारेमा जानकारी दियौँ ।
हाम्रो यात्राको ११ दिन र हरेक रातहरू हाम्रो लागि विशेष बने, हामीले जहाँ–जहाँ पाइडल मार्दै पुग्यौँ, त्यहाँ हामीले नेपाली मात्रै भेट्यौँ । न जात भेट्यौँ, न वर्ण, न धर्म, न त भेगियता, न त साम्प्रदायिकता नै । सबैको न्यानो माया र नेपालीपन र नेपाली मनको आत्मियता पायौँ । घोडाघोडी, अमिलिया, धानखोला, सैनामैना, दाउन्ने, सौराह, हेटौँडा, चन्द्रनिगाहपुर, ढल्केबार, इनरुवा, बिर्तामोड र कचनकवल गरी बिताएका ११ दिनको सबै बसाइ विशेष र यादगार बने । लम्कीमा अंकलजी, कोहलपुरमा दिदी, बाणगङ्गा राइडर, साइकल साथी सैनामैना, तिलोत्तमा राइडर, नवलपरासीका साइकले राम थापा, कावासोती साइक्लिङ क्लब, सौराहामा साइकले वास्तविक थपलिया, हेटौँडामा हिमालयन राइडर्ससहित हेटौँडा राइडर्स क्लब, मकवानपुर जिल्ला साइक्लिङ संघलगायत साइकले साथीहरूसँगको समन्वय मित्र जीवन तिमिल्सिनाले गरिदिनु भो ।
पथलैयामा बारा राइडर्स, निजगढमा मित्र मधुसूदन थारूको समन्वयमा निजगढ राइडर्सका साइकले साथीहरू, कोशी ब्यारेजमा दाई भाउजूहरूसँगको भेट, इनरुवा अंकलसँगको भेट, इटहरी दिदी भिनाजु र भाइसँगको भेट, बेलबारी मोरङ साइकले लक्ष्मण कोइराला, उर्लाबारी काका काकी, बेलबारीमा साइकले मित्र भद्रपुरमा साइकले मित्र मनोज सिंह, काँकटभिट्टामा सजना श्रेष्ठ दम्पती अनि झापा बिर्तामोडका साइकले साथीहरू आकाश श्रेष्ठ, पूर्ण गौली, अशोक श्रेष्ठ, मिलन शाक्य लगायतको भेट र उहाँहरूसँगै यात्राको अन्तिम दिन नेपालकै होचो ठाउँ कचनकवलमा बिताएको रातसँगै महाकाली–मेचीसँग बलियो सम्बन्ध हामीले साइकलको चेनबाट जोडियो । हामीसँग यात्राकै दौरान नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाजी बाणगङ्गामा, मित्र बिनोद अग्रहरी परिवारसहित दाउन्नेमा र अर्का मित्र भूमि भण्डारीसँग झापामा भेट भएको थियो ।
हामी त्यो यात्रा सम्झदै गर्दा घोडाघोडीमा गुरुकुल अध्यनरत बटुकहरूसँग बिताएका रात, सौराहाको आनन्द, चन्द्रनिगाहपुर शिव मन्दिर भित्रको क्याम्पिङ, भरततालमा वाटर साइक्लिङ, किचकबध अवलोकन, झापाको अनि कचनकवलमा साइकले साथीहरू सहितको यात्रा समापनको रात विशेष स्मरणीय बिताएका थियौँ । यसरी हिजो शनिबार २०८१ फागुन २४ गते यो यात्राको याद गर्दैगर्दा थप उत्साहका साथै नयाँ गन्तव्यतर्फको नयाँ साइकल यात्राको लागि प्रेरित गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्