‘हे.. भगवान, बरु हामी भोकै बसौँला तर छोरोलाई बचाइदिनुहोस्’



‘घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । घरमा बिहान बेलुका छाक टार्न हम्मेहम्मे परिरहेका बेला मेरो छोरा अस्पतालको बेडमा चिच्याइरहेको छ’ वीरेन्द्रनगर–११ का रामप्रसाद पोख्रेलले भने, ‘म आफैँमा बेरोजगार छु । अब मैले परिवारको भोको पेट भरौँ कि अस्पतालको बेडमा चिच्याइरहेको छोरालाई बचाउँ ? हे.. भगवान, बरु हामी भोकै बसौँला तर छोरोलाई बचाइदिनुहोस् ।’
वीरेन्द्रनगर ।

‘घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । घरमा बिहान बेलुका छाक टार्न हम्मेहम्मे परिरहेका बेला मेरो छोरा अस्पतालको बेडमा चिच्याइरहेको छ’ वीरेन्द्रनगर नगरपालिका–११ का रामप्रसाद पोख्रेलले भने, ‘म आफैँमा बेरोजगार छु । अब मैले परिवारको भोको पेट भरौँ कि अस्पतालको बेडमा चिच्याइरहेको छोरालाई बचाउँ ? हे.. भगवान, बरु हामी भोकै बसौँला तर छोरोलाई बचाइदिनुहोस् ।’

रामप्रसादका छोरा १८ वर्षका रोशन पोख्रेल हाल ब्लड क्यान्सरले थला परेका छन् । कक्षा १२ मा अध्ययनरत रोशनको जीवन बचाइदिन परिवारजनको अपिल छ । सबैबाट आर्थिक सहयोग भए रोशनले नयाँ जीवन पाउने आशा छ । हाल रोशन काठमाडौँको निजामती कर्मचारी अस्पतालको हेमाटोलोजी वार्ड बेड नम्बर २३९ मा उपचाररत छन् । चिकित्सकको सल्लाह अनुसार उनलाई निरन्तर अस्पतालमै राखेर उपचार गर्नुपर्ने छ । तर उपचार अत्यन्त महँगो भएकोले आफूले आर्थिक रूपमा धान्न गाह्रो भइसकेको रोशनका बुवा रामप्रसादको भनाइ छ ।

‘मेरो परिवार अहिले ठूलो संकटमा छ । मेरो आर्थिक अवस्थाले अब रोशनलाई बचाउन सक्ने स्थिति छैन’ उनले भने, ‘यस कठिन परिस्थितिमा म सबै सहयोगी दाताहरू समक्ष आर्थिक सहयोगको लागि विनम्र अनुरोध गर्दछु । तपाईँहरूको सानो सहयोगले मेरो छोरालाई नयाँ जीवन दिन सक्छ । कृपया सकेको सहयोग गरी रोशनको जीवन बचाइदिनुहोस् ।’

वीरेन्द्रनगर नगरपालिका–११ नम्बर वडा कार्यालय पिपिराले पनि रोशनको उपचारमा आवश्यक आर्थिक सहयोग गरिदिनका लागि सिफारिस गरेको छ । वडाध्यक्ष खिमलाल देवकोटाले सिफारिस गरेको पत्रमा भनिएको छ, ‘रोशन पोख्रेललाई ब्लड क्यान्सर भइ निजामती कर्मचारी अस्पतालमा उपचाररत छन् । निजको घरको आर्थिक अवस्था कमजोर भइ उपचारमा समस्या भएको हुँदा निजको उपचारमा आवश्यक आर्थिक सहयोग गरिदिनहुन सिफारिस साथ अनुरोध छ ।’

रोशनको जीवन बचाउन सहयोगका लागि उनका बुवा रामप्रसाद पोख्रेलको नाममा ग्लोवल आइएमइ बैंकको खाता नम्बर ३१५०७०१०००८१४४, इसेवा नम्बर ९८६३५०५९१९ र मोबाइल नम्बर ९८१०५४२५८३ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार