कोहलपुर गोल्डकपको खेल तालिका सार्वजनिक



कोहलपुर ।

फागुन १७ गतेदेखि कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिगाह खेल मैदानमा सञ्चालन हुने तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ को खेल तालिका सार्वजानिक गरिएको छ । कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर बाँकेको आयोजनामा हुने तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको दुई समूहमा विभाजन गरेर तालिका सार्वजनिक गरिएको हो ।

आयोजकका अनुसार कोहलपुर गोल्डकपमा दुई विदेशी टिमसहित कुल आठ टोलीको सहभागिता रहने भएको छ । पहिलो उद्घाटन खेल १७ गते समूह ‘क’ अन्तर्गत आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब र लुम्बिनी फुटबल एकेडेमी घोराही दाङबीच हुने तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ का संयोजक कर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार दोस्रो खेल १८ गते समूह ‘ख’ अन्तर्गत साहारा फुटबल क्लब भारत र राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासीबीच हुने बताए । यस्तै १९ गते समूह ‘क’ अन्तर्गत तेस्रो खेल प्लानिङ्ग ब्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब गण्डकी प्रदेशबीच हुनेछ ।

समूह ‘ख’ अन्तर्गत अन्तिम चरणको अफ्रिकन राष्ट्र घानाको फुटबल क्लब र काक्रेबिहार फुटबल क्लब सुर्खेतबीच हुने भएको हो । प्रतियोगिता कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा गोल्डकपको तेस्रो संस्करण हुन लागेको हो । क्लबको आयोजनामा यसअघि दुई संस्करणका मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख, दोस्रो हुनेलाई चार लाख, म्यान अफ दि टुर्नामेन्ट हुनेलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०÷१० हजार र हरेक दिन म्यान अफ दि म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार