कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा रहेका बेरोजगार व्यक्तिको सूचीकृत गर्न थालेको छ ।
नगरपालिका अन्तर्गत वडा नम्बर १ देखि १५ मा रहेका बेरोजगारहरूको सूचीकृत गर्न सुरु गरिएको हो । माघ ३० गते नगरपालिकाले बेरोजगार व्यक्तिको सुचीमा सूचीकृत हुनको लागि आवेदन माग गरेको छ । नगरपालिकाले जारी गरेको सूचना अनुसार कोहलपुर नगरपालिका क्षेत्रमा स्थायी बसोबास गरिरहेका व्यक्तिहरूले फागुन मसान्तसम्म बेरोजगार व्यक्तिको सूचिमा सूचीकृत भइसक्नुपर्नेछ ।
कोहलपुर नगरपालिकाद्वारा जारी सूचनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२-०८३ मा न्यूनतम रोजगारीमा आबद्ध हुन चाहने १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिले आवेदन दिन पाउने उल्लेख गरिएको छ ।
बेरोजगार व्यक्तिको सुचीमा सूचीकृत भएका व्यक्तिले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारीमा संलग्न हुन पाउनेछन् । आवेदन दिने व्यक्तिले आर्य आर्जन हुने स्वरोजगार (आफ्नो श्रम, सीप, ज्ञान ,स्रोत साधन र दैनिक आय नभएका) व्यक्तिले सम्बन्धित वडा कार्यालयमा गएर आवदेन दिन पाउने कोहलपुर नगरपालिकाका अन्तर्गत रोजगार संयोजक आशिष बर्माले बताए ।









प्रतिक्रिया दिनुहोस्