विद्यार्थी र फ्यानहरूले बीच बाटोमै घेरे । उनको गाडी पछ्याउँदै फोटा खिचाउने र अटोग्राफ माग्नेहरूको भीड लाग्यो । कोही आफूले लगाएको सर्ट र टिसर्ट खोल्दै त कोही क्रिकेट ब्याट तेस्याउँदै उनीसँग अटोग्राफ मागिरहेका थिए । कोही भने हातमै भए पनि अटोग्राफ लिन व्यस्त देखिन्थे । समर्थकको भीडका कारण कप्तान पौडेललाई कार्यक्रमस्थलसम्म पु¥याउन सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो ।
गणेश रावत । कोहलपुर ।
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल २ बजे कोहलपुर पुग्ने खबरले उनका समर्थक, विद्यार्थी र फ्यानहरू कोहलपुर क्रिकेट मैदानमा उनलाई कुरेर बसिरहेका थिए । जब उनी कोहलपुर क्रिकेट मैदानमा छिरे । उनलाई विद्यार्थी र फ्यानहरूले बीच बाटोमै घेरे । उनको गाडी पछ्याउँदै फोटा खिचाउने र अटोग्राफ माग्नेहरूको भीड लाग्यो ।
कोही आफूले लगाएको सर्ट र टिसर्ट खोल्दै त कोही क्रिकेट ब्याट तेस्याउँदै उनीसँग अटोग्राफ मागिरहेका थिए । कोही भने हातमै भए पनि अटोग्राफ लिन व्यस्त देखिन्थे । समर्थकको भीडका कारण कप्तान पौडेललाई कार्यक्रमस्थलसम्म पु¥याउन सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो । सुरक्षाकर्मीले स्कर्टिङ गर्दै बल्लबल्ल उनलाई कार्यक्रमस्थलमा पु¥याएका थिए ।
कोहलपुर नगरपालिकाले गरेको सम्मान थाप्न सोमबार अपराह्न उनी कोहलपुर आएका थिए । उनलाई कोहलपुर नगरपालिकाकी उप–प्रमुख संगीता सुवेदीले फूलको गुच्छा र खादा लगाएर स्वागत तथा सम्मान गरेकी थिइन् ।
त्यसपश्चात कप्तान पौडेलसहित उप–प्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्मालगातयले मैदानको अनुगमन गरेका थिए । अनुगमन गर्दासमेत कप्तान पौडेललाई सर्मथकहरूले उनको पिछा गरिरहेका थिए । पछिल्लो समय नेपाली युवाहरूमा क्रिकेटको क्रेज कसरी बढ्दै गएको छ भन्ने कुराको यो एउटा राम्रो उदाहरण थियो ।
मैदान अनुगमनपश्चात सम्मान कार्यक्रममा बोल्दै उप–प्रमुख सुवेदीले कप्तान रोहित पौडेललाई स्वागत र सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् । कोहलपुर नगरपालिका मात्र नभई लुम्बिनी प्रदेशको पहिचानको रूपमा प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
महिला क्रिकेट टिमको उद्गमस्थलको रूपमा रहेको क्रिकेट मैदानको विकासका लागि नगरपालिकाले सक्दो सहयोग र पहल गरिरहेको उनले बताइन् । उनले कप्तान पौडेलबाट प्रेरित भएर धेरै विद्यार्थीहरू खेलकुद क्षेत्रमा लाग्ने विश्वास आफूले लिएको बताइन् ।
कोहलपुरमा आएर सबै जनालाई भेट्न पाउँदा खुसी लागेको कप्तान रोहित पौडेलले बताए । नेपालमा क्रिकेटको क्रेज कति छ भन्ने कुरा कोहलुरको यो भीडले प्रस्ट पारेको उनको भनाइ थियो । ‘यस्तै अवस्थादेखि म पनि क्रिकेटमा लागेको हुँ,’ त्यहाँ जम्मा भएका किशोर किशोरीहरूलाई लक्षित गर्दै उनले भने, ‘त्यसैले कडा परिश्रम गर्नुस् । समय आएपछि सबै कुरा पुरा हुन्छ ।’
कोहलपुर फेरि चाँडै आउने वाचा गर्दै उनले यस्तो माया र सम्मान पाउँदा खुसी लागेको बताए । मैदान निरीक्षणपछि उनले राम्रो लागेको प्रतिक्रियासमेत दिएका थिए । आगामी दिनमा सबै भौतिक पूर्वाधार निर्माण गरे मैदान अझै राम्रो हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्