कालीकोट जिप दुर्घटना अपडेट : कम्तीमा ३ जनाको मृत्यु, १३ जना घाइते



सुर्खेत ।

कालीकोटको पलाँतामा जिप दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन् ।

कालिकोटका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले कम्तीमा ३ जनाको मृत्यु र १३ जना घाइते भएको जानकारी दिए ।

आइतबार साढे तीन बजेतिर पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको रावतले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार