मिथिलाञ्चलबाट फैलिएको छठ साझा पर्व बन्दै



महाभारतकालीन समयमा द्रौपदी र रामसीताले पनि छठ पर्व मनाएको शास्त्रमा वर्णन पाइने हुनाले छठ सदियौँदेखि मनाइँदै आएको बुझिन्छ । त्यस्तै, सूर्यको ऊर्जाले नै जगत् चलायमान रहेकाले छठमा सूर्यको पूजा गरिनुले गहिरो अर्थ बोकेको देखिन्छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जका अशोक श्रीवास्तव र उनकी श्रीमती बागेश्वरी मन्दिरको पार्कमा मंगलबार साँझ छठको पूजाका लागि स्थान लिपपोत गर्दै थिए । श्रीवास्तवका अनुसार पहिले उनीहरूले छठपूजा गर्ने गरेका थिएनन् । पछिल्लो केही वर्षदेखि उनीहरू पनि विधिपूर्वक पूजाआजा गर्छन् ।

पहिले विशेषगरी मिथिलाञ्चलका मानिसहरूले मात्रै मनाउने गरेको छठ पर्व अहिले अन्य समुदायले पनि मनाउन थालेको उनले बताए । छठले सनातन संस्कृतिलाई बोकेको र छठप्रतिको आस्था जागेपछि आफूहरूले उक्त पर्व मनाउन थालेको श्रीवास्तवले बताए ।

पछिल्लो समय छठ पर्व पूर्व मधेश क्षेत्रका मानिसहरूले मात्रै नभई सबै क्षेत्रका समुदायले आस्थापूर्वक मनाउन थालेको छठपूजा समिति नेपालगन्जका अध्यक्ष जितेन्द्र ठाकुरले बताए । उनका अनुसार छठपूजाको समयमा तलाउमा आएर पूजा गर्नेहरूमा पहाडी समुदायका महिलाहरू पनि बढ्दै गएका छन् । ‘छठी मैयालाई राखेको भाकलअनुसार जोसुकैले पूजा गर्न सक्छन् ।

छठको व्रतले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सोही आस्थाले पहिले नमनाउने यहाँका मधेशी समुदायदेखि पहाडी समुदायले पनि छठ बनाउन थालेका छन्,’ ठाकुरले भने ।

नेपालगन्जको वैश्य समाजका अगुवा नन्दलाल वैश्यका अनुसार पछिल्लो समय नेपालगन्जमा सबै समुदायले एक अर्काे समुदायबाट असल संस्कृतिहरू सिकिरहेका छन् । उनले त्यसैमध्येको एक छठ पनि भएको बताए । ‘छठ पर्वमा मैथिल क्षेत्रबाहेकका महिलाहरू र पहाडी समुदायका महिलाहरूले पनि इच्छाअनुसार व्रत बस्न थालेका छन् । पहाडी समुदायबाट मधेशी समुदायले दसैँमा टीका जमरा लगाउने संस्कार सिकेका छन् । राम्रा संस्कृतिहरू अनुशरण भएको राम्रो हो,’ वैश्यले भने ।

छठ पर्वमा हिन्दूहरूले आराध्यदेव मान्ने सूर्य र सूर्यकी बहिनीको रूपमा छठी मैयाको आराधना गरी पूजा गरिन्छ । छठ पर्व विधिपूर्वक मनाएमा सूर्य र छठी मैयाको आशीर्वादले छालासम्बन्धी रोग निवारणदेखि सन्तान प्राप्तिसमेत हुने विश्वास गरिन्छ । यसैगरी व्रतको प्रभावले अभाव र दरिद्रता नहुने तथा परिवारमा सुख हुने जनविश्वास रहीआएको छ ।

सूर्यको आराधनाले विश्वकल्याण, एकता, सौभाग्य र समानताको सन्देश प्रवाह गर्ने ठाकुरले बताए । महाभारतकालीन द्रौपदीले र रामसीताले पनि छठ पर्व मनाएको शास्त्रमा वर्णन पाइने हुनाले छठ सदियौँदेखि मनाइँदै आएको बुझिने उनले बताए । उनले सूर्य देवता शक्तिको प्रतीक भएको, सूर्यको ऊर्जाले नै जगत् चलायमान रहेकाले छठमा सूर्यको पूजा गरिनुले गहिरो अर्थ बोकेको देखिन्छ ।

छठ मनाउने तलाउको अवस्था भद्रगोल

नेपालगन्जमा छठ मनाउने गरिएको बागेश्वरी मन्दिरको तलाउ यसवर्ष भद्रगोल अवस्थामा छ । टम्म भरिएको र सफा गरिएको तलाउमा ब्रतालुहरू जम्मा भएर छठ मनाइने भएकाले छठमा तलाउ तथा नदी अनिवार्य हुन आउँछन् । तर, बागेश्वरी मन्दिरको तलाउको मध्यभागमा रहेको जुंगेश्वर महादेवको मूर्ति राख्ने मन्दिर पुनर्निर्माणमा ढिलाइ हुँदा यसवर्ष उक्त तलाउमा पानी नै छैन ।

????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

त्यसैमा यत्रतत्र विभिन्न फोहोरहरू फालिएको देख्न सकिन्छ । तलाउको पूर्वपट्टिको किनारमा खनेर पानी जम्ने स्थान बनाइएको छ । त्यसैमा पानी जम्मा गरेर यसवर्षको छठ मनाउनुपर्ने अवस्थामा आएको छठपूजा समितिका अध्यक्ष जितेन्द्र ठाकुरले बताए । उनले भने, ‘तलाउलाई बुधबार केही हदसम्म सफा गराएका छौँ । पानीमा पनि केमिकल हालेर अघ्र्य दिनलायक बनाएका छौँ । अब अहिलेलाई जस्तो हालतमा छ त्यसैमा मनाउने व्यवस्था गर्नुको विकल्प रहेन ।’

चार दिनसम्म बनाइने छठको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ । यस दिनलाई ‘सँझीया घाटे’ पनि भनिन्छ । सँझीया घाटेका दिन व्रतालुहरूले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
चौथो अर्थात् सप्तमी थितिका दिन पनि झिसमिसेमै व्रतालुहरू फेरि नुहाइधुवाइ गरी पूजा सामग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन् । उक्त दिन पनि छठी माताको गीत गाउँदै उनीहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् ।

यसरी छठ पर्वमा तलाउ तथा घाटको महत्व उच्च छ । तर, नेपालगन्जमा छठ बनाउने व्रतालुहरू छठ तलाउको अवस्था देखेर खिन्न छन् । ‘एक त त्यसै भद्रगोल हुन्थ्यो । यसपटक त झन् अघ्र्य दिँदा साँघुरो ठाउँ भएर धकेलाधकेल होला जस्तो छ,’ बुधबार तलाउ किनारमा पूजाका लागि स्थान बनाउँदै गरेकी एक व्रतालुलले भनिन् ।

बागेश्वरी मन्दिरको तलाउको बीचमा रहेको जुँगे महादेव मन्दिर र त्यहाँसम्म पुग्ने पुल स्तरोन्नति गर्नका लागि ठेकेदार कम्पनी ‘ग्रेटर नेपाल कन्सट्रक्सन’सँग नेपालगन्ज उपमहानगरपालिकाले २०७९ चैत २ गते १ करोड ८ लाख ७३ हजार ८ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

२०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि ठेकेदार कम्पनीले अहिलेसम्म आधा काममात्रै सकेको छ । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि उक्त कामका लागि २०८१ पुस १ गतेसम्म म्याद थपिएको छ । उक्त मन्दिर पुनर्निमाणको कामका लागि सुकाइएको तलाउमा पानी अझै भरिएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार