राप्ती सोनारी रनमा आयुस र अनिशा विजयी



बाँके ।

दसौँ धारा नेपालगन्ज म्याराथनको प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्ती सोनारी पाँच किलोमिटर रनको विजयी आयुस केसी र अनिशा थारूले जितेका छन् । निर्धारित दुरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पुरा गरेका थिए । अनिशाले २५ः२१ः०५ मिनेटमा पुरा गरिन् ।

राप्ती सोनारी गाउँपालिका– ५ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली १९ः४८ः०६ मिनेटका साथ दोस्रो र मनोज थारू २१ः२१ः०९ मिनेटका साथ तेस्रो भएका थिए । त्यसैगरी छात्रातर्फ सुमित्रा रानाले २८ः३९ः०२ मिनेटसहित दोस्रो र सन्तोषी थारू ३८ः५०ः०६ मिनेटसहित तेस्रो भए ।

विजेता खेलाडीलाई राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तिर्थ ओली लगायतले पुरस्कार वितरण गरेका थिए ।

राप्ती सोनारी रनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले नेपालगन्ज म्याराथनसँग राप्ती सोनारी पालिका साझेदारी गर्न तयार रहेको बताए । राप्ती सोनारीलाई खेलकुदमय बनाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पालिकाले योजना बनाइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार