कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी कात्तिक ३ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूलाई नमुना मतपत्र प्रदान गरिएको छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारहरूलाई नमुना मतपत्र वितरण गनुपर्ने भए पनि सहमति नहुँदा सोमबार प्रदान गरिएको हो ।
लोकतान्त्रिक समावेशी व्यवसायी समूह र प्रगतिशील व्यावसायिक समूहसँग छलफल गर्दा सहमति हुन नसकेपछि निर्वाचन समितिको निर्णयअनुसार ३ वटा नमुना मतपत्र प्रदान गरिएको समितिले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत लोकबहादुर शाहका अनुसार पदाधिकारी र महिला एक मतपत्र, एसोसिएट छुट्टै र खुला सदस्यका गरेर ती वटा मतपत्र प्रदान गरिएको हो । १ देखि ९ सम्म अञ्जना धिताल नेतृत्वको समूहलाई वर्णअनुसार मपतत्र र १० देखि १९ सम्म प्रदीप भट्टराई नेतृत्वको समूहलाई मतपत्र प्रदान गरिएको शाहले जानकारी दिए ।
त्यस्तै, एसोसिएट र खुला सदस्यलाई पनि वर्णानुक्रमअनुसार मतपत्र प्रदान गरिएको छ । कात्तिक १ गते साँझ ५ बजेसम्मलाई प्रचार–प्रसारको अवधि तोकिएको छ । कात्तिक ३ गते बिहान ८ बजेदेखि मध्याह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि मतदानको समय छलफलबाट हेरफेर गर्न सकिने निर्वाचन समितिले जनाएको छ । मतदान र मतगणना कोहलपुर उद्योग बाणिज्य संघकै कार्यालयमा हुनेछ ।
प्रगतिशील व्यावसायिक समूहले अञ्जना धितालको नेतृत्वमा समूह र लोकतान्त्रिक व्यावसायिक समूहले प्रदीप भट्टराईको नेतृत्वमा उम्मेदवारी दिएका छन् । धितालको समूहबाट वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र काफ्ले, उद्योगतर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपालप्रसाद अधिकारी, कोषाध्यक्षमा गंगा बगाले र सहकोषाध्यक्षमा टंकप्रसाद खनाल छन् ।
त्यसैगरी, सदस्यका लागि ढकबहादुर थारू, कृष्णबहादुर रानाभाट, रविप्रसाद कर्माचार्य, मोतीप्रसाद सुवेदी, भानुराज उपाध्याय, परिर्वतन विश्वकर्मा, राजीव शर्मा, अंकित सिग्देल र एकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । यो समूहबाट एशोसियटतर्फ दिपेश खनाल तथा महिला सदस्यमा अस्मिता केसी र प्रतिभा खड्का उम्मेदवार रहेका छन् ।
यस्तै, लोकतान्त्रिक व्यावसायिक समूहबाट भट्टराईको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनार रहेका छन् ।
त्यस्तै, सो समूहबाट खुला सदस्यमा अमृतप्रसाद पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरणप्रसाद श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरिधारी शर्मा, अशोक गौडेल र मानबहादुर क्षेत्री उम्मेदवार रहेका छन् । एशोसियटतर्फ राजेन्द्रप्रसाद रिजाल तथा महिला सदस्यमा शीतल योगी अधिकारी र ममता थापा उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्