कोहलपुर ।
कोहलपुर नगरपालिका सुर्खेत रोडमा गणपति डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । बिहीबार कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले रिबन काटेर उद्घाटन गरेपश्चात सो क्लिनिक सञ्चालनमा आएको हो ।
पश्चिम क्षेत्रको केन्द्रमा रहेको कोहलपुरमा दाँतसम्बन्धी यस्ता क्लिनिक सञ्चालनमा आउनु स्थानीयबासीका लागि सुःखद पक्ष रहेको नगर प्रमुख आचार्यले बताए ।
उनले कोहलपुरमा अन्य धेरै डेन्टल क्लिनिकहरू भए पनि अझै गुणस्तरीय सेवा प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा गर्न आगह गरे ।
दाँतसम्बन्धी समस्या भएका स्थानीयले एकपटक सेवा लिएर बुझ्न पनि उनले आगह्र गरेका थिए ।
साथै गणपति डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतीक श्रेष्ठले गुणस्तरीय दन्तसेवा उपलब्ध गराउने उद्देश्यले आफूहरूले सो क्लिनिक सञ्चालनमा ल्याएको दाबी गरे । उनले उच्च प्रविधिको सहायताले गुणस्तरी सेवा प्रदान गरिने प्रतिबद्धता पनि जनाए ।
प्रतिक्रिया दिनुहोस्