नेपालगन्ज ।
बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा डिजिटल टोकन प्रणाली जडान गरिएको छ । बिरामीहरूले पालो कुर्दा हुने झन्झट र अव्यवस्थालाई अन्त्य गर्न टोकन प्रणाली जडान गरी परीक्षण सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद शाहले जानकारी दिए ।
अस्पताल विकास समितिको बजेटबाट टोकन प्रणाली जडान गरिएको उनले बताए । टोकन प्रणाली सुरु भएपछि बिरामीहरूको पालो निर्धारण गर्न सहज हुने, काउन्टरहरूमा हुने भिड नियन्त्रण हुने र बिरामीहरूलाई पनि सहज हुने डा. शाहले जानकारी दिए ।
उनका अनुसार अहिले सबै बिरामीहरू टोकन लिन अभ्यस्त नभैसकेकोले उनीहरूलाई कर्मचारीहरूले सघाइरहेका छन् । केहीदिन उक्त प्रणालीलाई परीक्षणमा राखिएको र परीक्षणपश्चात आएका समस्याहरू सुचारु गरी पूर्ण क्षमतामा सञ्चालन गरिने उनले डा. शाहको भनाइ छ ।
प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्