बाँके ।
कोहलपुर नगरपालिका– ८ पिपिरीमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।
मदिरा सेवन गरेका छोराले आइतबार राति बाबुको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार पिपरीका ७० बर्से नैनसिंह क्षेत्रीलाई उनकै छोरा दीपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेका हुन् ।
पिर्का प्रहार गर्ने छोरा दीपबहादुरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएपछि उनले पिताको हत्या गरेको स्वीकारेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
डीएसपी भण्डारीका अनुसार प्रारम्भिक अनुसन्धानमा आइतबार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिन्छ । गम्भीर घाइतेको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्