पर्यटन मन्त्री र पर्यटन व्यवसायीबीच छलफल



काठमाडौँ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाटपछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ,’ उनले भने, ‘सुदूपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल र सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्नेछु ।’

उनले भाषा, सभ्यता, संस्कृति, भेषभूषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए । संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरेका थिए ।

मन्त्री पाण्डेले मन्त्रालयको समग्र विषय वस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताए । साथै, उनले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशोधन गर्दै अघि बढिरहेकोमा प्रष्ट पारेका थिए ।

प्रकाशित मिति : २०८१ भदौ २१ गते शुक्रबार