कोहलपुर ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुर शनिबार आदिकवी भानुक्तको रामायण वाचनले गुञ्जयमान बन्यो । ९ वर्षदेखि ६५ वर्ष उमेर समूहका सहभागिले रामायण वाचन गरेपछि पुस्तकालयको हल गुञ्जयमान बनेको थियो ।पुस्तकालयले नेपाली संस्कार र सस्ंकृती संरक्षणको लागि भानुभक्त रामायण वाचन प्रतियोगिता आयोजना गरेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय नेपाली संस्कृती, भाषा संरक्षण र भावी पिढिलाई यसतर्फ जागरुक गराउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो । खुला रूपमा भानुभक्त रामायण वाचन पहिलो पटक भएपनि सबैको ध्यान केन्द्रित गर्न सफल भएको उनले बताए । प्रतियोगितामा रामायण वाचन ९ वर्षीय अशोक उपाध्याय, सोभा देवकोटा, स्वास्तीका भुषाल लगायतको वाचनले उपस्थित सबैको मन जित्न सफल भएको थियो ।
सानै उमेरमा पनि विद्यार्थीहरूले गरेको रामायण वाचनले सबै छक्क परेको अध्यक्ष भट्टराईले जानकारी दिए । प्रतियोगितामा सहभागि १४ जनामध्ये अधिकांश बालबालिका अर्थात विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विद्यार्थीहरूको रामायण वाचनले हाम्रो संस्कृती, धर्मप्रतिको माया र आस्था राख्नेहरू अहिले पनि रहेको महशुस भएको शास्त्रीय हरि शर्मा उपाध्यायले बताए ।
उनले यस्ता कार्यक्रमले बालबालिका र भावी सन्ततीहरूमा रामायण वाचन गर्नसक्ने क्षमता बढ्दै जाने उनको भनाइ थियो । विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता गर्ने भनिएता पनि कतिपय विद्यालयहरूमा संस्कृत भाषा पठनपाठन नहुँने र तयारी नभएको भन्दै सहभागि जनाउन नसक्नु दुःखद पक्ष भएको उनले बताए ।
यस्तै १७औं राष्ट्रिय पुस्तकालय दिवस तथा पुस्तकालयको २०औं साधारण सभाको अवसरमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता हुन लागेको अध्यक्ष भट्टराईले जानकारी दिए । ‘शैक्षिक नगरी कोहलपुर’ विषयक कोहलपुर भित्रका आधारभूत तह विद्यालय स्तरीय चित्रकला प्रतियोगिता भदौ ८ गते र ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यमा कोहलपुर नगर भित्रका माध्यमिक तह विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता १० गते हुनेछ ।
त्यस्तै भदौ १४ गते लागुपदार्थ दुव्र्यसन सम्बन्धी जनचेतनामूलक ¥याली निकालिने र भदौ १५ गते अन्तिम दिन साधारण सभा र विभिन्न विद्यामा विजेताहरूलाई पुरस्कार वितरण गरिने अध्यक्ष भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्