बाँके ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा चित्रकला र वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । १७औं राष्ट्रिय पुस्तकालय दिवस तथा पुस्तकालयको २०औं साधारण सभाको अवसरमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता हुन लागेको हो ।
‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यमा कोहलपुर नगर भित्रका माध्यमिक तह विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र ‘शैक्षिक नगरी कोहलपुर’ विषयक कोहलपुर भित्रका आधारभूत तह विद्यालयस्तरीय चित्रकला प्रतियोगिता हुन लागेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।
उनका अनुसार वक्तृत्वकला प्रतियोगितामा सहभागि हुन भदौ ९ गते बेलुका ५ बजेसम्म विद्यार्थीको नाम दर्ता गराउनुपर्ने छ भने चित्रकला प्रतियोगितामा सहभागि हुन भदौ ७ गते ५ बजेसम्म विद्यार्थीको नाम दर्ता गराउनुपर्ने छ ।
चित्रकला प्रतियोगितामा सहभागि विद्यार्थीले पेय बाहेक अन्य आवश्यक सामग्रीहरू आफै ल्याउनु पर्नेछ भने पेन्सिल र कलर दुवैलाई मान्यता दिइने सूचनामा उल्लेख छ ।
यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा भानुभक्तिय रामायण वाचन प्रतियोगिता समेत हुनेछ । प्रतियोगितामा सहभागि हुन सरोकारवाला महानुभावहरू सबै आउन सकिने व्यवस्था मिलाइएको छ ।
प्रतियोगितामा सहभागी हुन भोलि बेलुका ५ बजेसम्म नाम दर्ता गराउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्