कोहलपुर ।
कोहलपुर साँझ चोक स्थित ज्ञान बहुमुखी क्याम्समा अध्यानरत विद्यार्थीहरुले बजार सरसफाई गरेका छन् । बिहीबार धिताल पेट्रोल पम्प देखि पिपल चौतारासम्म दायाँ र बायाँ सडक खण्डमा विद्यार्थीहरुले सरसफाई गरेका हुन् । क्याम्पस अघि रहेको सडक खण्ड अर्थात बजारमा पलास्टिकजन्य फोहोर यत्रतत्र देखिए पछि विद्यार्थीहरुले सरसफाई गरेको ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेक बहादुर गुरुङले बताए ।
उनका अनुसार क्याम्पसले पठनपाठन गर्ने मात्र नभइ सामाजिक उत्तर दायितव बहन गर्दै बजार सरसफाई गरेको मिसन टुडेलाई जानकारी दिए । बजार सरसफाई मात्र नभई यस्ता थुप्रैं सामाजिक कार्य क्याम्पसले गर्दै आएको उनको भनाइ छ। उनका अनुसार बजार सरसफाईको क्रममा संकलन गरेको पलास्टिकजन्य फोहोर विद्यार्थीहरुले एउटै ठाउँमा जम्मा गरेको उनले बताए ।
यति मात्र नभइ क्याम्पसले कोहलपुर नगरपालिका हरित नगर अभियानलाई सार्थकता दिन ४७ बिरुवा रोपेर त्यसको संरक्षण र गोडमेल पनि आफैले गर्दै आएको उनको भनाइ छ । अहिले क्याम्पसले लगाएका बिरुवा पनि हुर्काउन क्याम्पस सफल भएको छ ।
साथै बिहीबार क्याम्पसमा अध्यानरत बिबिएस चौथो वर्षका अध्यानरत २०७६ सालको ब्याचका विद्यार्थीहरुको अन्तिम कार्य मौखिक अन्तरवार्ता सम्पन्न भएको छ । सो अवसरमा बाह्य सुपरिवेक्षक पुष्प बहादुर रावल, व्यवस्थापन संकाय प्रमुख गणेश कुमार खड्का र विषयगत शिक्षक दिनेश अर्यालको सहभागितामा मौखिक अन्तरवार्ता सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्