होलिल्यान्ड उच्च माविले मनायोे वार्षिकोत्सव



नेपालगन्ज ।
होलिल्यान्ड उच्च मावि नेपालगन्जले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विविध कार्यक्रमहरू गरी होलिल्यान्डले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा स्वागत मन्तव्य राख्दै होलिल्यान्ड उच्च माविका प्रिन्सिपल प्रशान्त श्रेष्ठले अभिभावकको माया विद्यार्थीहरूको लगनशिलता र शिक्षक शिक्षिकाहरूको मिहिनेतका कारण होलिल्यान्ड सबैको रोजाइ बन्न सकेको बताए ।

उनले सबैको योगदानका कारण होलिल्यान्ड विद्यालयले पढाइमा मात्रै नभएर अतिरिक्त क्रियाकलापमा समेत बाँके जिल्ला टपर हुन सफल भएको बताए । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले निजी विद्यालयको क्षेत्रमा होलिल्यान्ड माविले खेलेका भूमिकाको प्रशंसा गरे ।

सो अवसरमा विद्यालयकी बाँके जिल्ला टपर अञ्जना बुढालाई विद्यालयका अभिभावक तथा शुभचिन्तक नीलबहादुर शाक्यले नगद ५ हजार सहित सम्मान गरेका थिए ।वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले नृत्य तथा नाटकसमेत प्रदर्शन गरेका थिए । सो  अवसरमा विद्यालयमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृतसमेत गरिएको थियो ।

होलिल्यान्ड उच्च माविका अध्यक्ष उमाकान्त गोहितको अध्यक्षतामा भएको कार्र्यक्रममा पूर्व बैंकर्स गजेन्द्रमान पथिक, विद्यालयका संस्थापक सदस्य दुर्गाबहादुर थापा मगर, नेपालगन्ज उपमहानगर १० का वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठ, खजुरा गाउँपालिका–१ का वडाध्यक्ष मनवीर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० फागुन २९ गते मंगलबार