टाटाको ‘स्प्रिङ एक्सचेन्ज’ क्याम्पमा सुरु



काठमाडौँ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङको चैत ६ गतेदेखि चैत ८ गतेसम्म स्प्रिङ एक्सचेन्ज क्याम्प कार्यक्रम सुरू गरेको छ । यस अफरअन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ इभी र आइस रेञ्जका गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ ।

यो अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरू साट्न सकिने छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका सोरुमहरूमा आयोजना हुन लागेको हो ।

स्प्रिङ एक्सचेन्ज क्याम्प योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्ससरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडानसहित हरेक बुकिङमा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

बम्पर लक्की ड्र मा आइफोन १७ प्रो पनि जित्न सकिनेछ । यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार