कोहलपुर ।
बैजनाथ–५ अरनिको नगर जीगाउँस्थित प्रभात नमुना माध्यमिक विद्यालयले ५५औँ वार्षिकोत्सब मनाएको छ । शनिबार लुम्बिनी प्रदेश सासंद रत्न खत्रीको प्रमुख अतिथ्यमा विद्यालयले वार्षिकोत्सब मनाएको हो । पानसमा बत्ती बालेर ब्यानर पढेर सांसद खत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सांसद खत्रीले शिक्षाको गुणस्तर कायम गर्न अब विद्यालयहरूले विशेष योजना अघि सार्नुपर्ने बताए ।
उनले प्रभात नमुना माध्यमिक विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको बताए । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सांसद खत्रीले आग्रह गरे । प्रमुख अथितिसमेत रहेका खत्रीले समय सुहाउँदो शिक्षामा विद्यालयले जोड्न दिनुपर्नेमा जोड दिए । विद्यार्थीहरूको भविष्य बनाउने वा बिगार्ने कुरामा अभिभावकको महत्वपूर्ण हात हुने भएकाले गम्भीरतापूर्वक ध्यान दिन सुझाव दिए ।
प्रभात नमुना माध्यमिक विद्यालयले शिक्षाको गुणस्तर कायम गर्न विशेष ध्यान दिनबैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले बताइन् । बैजनाथ गाउँपालिकाले पनि शिक्षा सुधारको लागि लागि परेको उनको भनाइ छ ।प्रभात नमुना माध्यमिक विद्यालयलले विद्यार्थीहरुलाई विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान विद्यालय प्रशासन अहोरात्र खट्ने गरेको बताइन् ।
प्रभात नमुना माध्यमिक विद्यालय बैजनाथ गाउँपालिका भित्रको एक शैक्षिक रुपमा अब्बल व्दिालय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सुनारले बताए । उनले विद्यालय विभिन्न बाधाअवरोध पार गर्दै १९औँ वर्षसम्म आइपुगेको भन्दै सहयोगी सबैलाई आभार प्रकट गरे ।
विद्यालयले समय सुहाउँदो प्रविधिको प्रयोग गर्दै अघि बढेको उनको भनाइ थियो । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याबलगायतको प्रयोगबाट विद्यालयमा पठनपाठन हुने गरेको उनले जानकारी दिए । भौतिक पूर्वधारको समेत अहिले विकास हुँदै गएको बताए । आगामी दिनमा थप व्यवस्थापनका प्रभात नमुना माध्यमिक विद्यालयलाई अघि बढाउने उनले बताए ।
विद्यालयले विगत देखि दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्रधानध्यापक बाबुराम अधिकारीले बताए । आफ्नै बस सञ्चालन गर्ने पहिलो सामुदायिक विद्यालय प्रभात नमुना माध्यमिक विद्यालय रहेको उनले बताए । आगामी दिनहरुमा विद्यार्थीहरुको संख्या र अभिभावको माग रहेकाले थप बसको व्यवस्थापन गर्ने उनको भनाइ छ ।
सो अबसरमा बाल गायक सुप्रिम मल्ल र पुजा देवकोटाको प्रस्तुती समेत रहेको थियो । उनीहरुले विद्यार्थीहरुलाई मनोरञ्जन समेत दिएका थिए। उनीहरु सँगै विद्यार्थीहरु रमाएका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न प्रर्दशनी समेत गरेका थिए । साथै कार्यक्रमा विद्यार्थीहरु लाई पुरस्कार वितरण रअथितिलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्