कोहलपुर ।
आदर्शनगर धनेश्वर महाशिवरात्री शृङ्गारिक महाआरती धर्म जागरण महा–महोत्सव मंगलबारबाट सुरु भएको छ । कोहलपुर नगरपालिका मेयर पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा शृङ्गारिक महाआरती धर्म जागरण महा–महोत्सव सुरु भएको हो ।
पानसमा बत्ती बालेर मेयर आचार्यले शृङ्गारिक महाआरती धर्म जागरण महा–महोत्सवको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले हिन्दु धर्मावलम्बी नेपालीहरूले धर्मकर्मप्रति आस्था र विश्वास राख्ने गरेको बताए ।
कोहलपुर नगरपालिकाभित्र सञ्चालन भएका यस्ता महाआरतीहरू सफल भएको उनको भनाइ छ । त्यसैले हाम्रो धर्मप्रति कत्तिको आस्था छ भन्ने प्रस्टै बुझ्न सकिने उनले बताए । यस महाआरतीबाट संकलन भएको कामले मन्दिरको विकास र अक्षयकोष स्थापना गर्ने उद्देश्य सराहनीय रहेको भन्दै सफलताको शुभकामना दिए ।
महाशिवरात्रीको अवसर पारेर २९ गतेसम्म सो आदर्शनगर धनेश्वर महाशिवरात्री शृङ्गारिक महाआरती धर्म जागरण महा–महोत्सव सञ्चालन हुने भएको छ । महाआरती कोहलपुर नगरपालिका–५ मा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्