21 March 2023  |   बुधबार, चैत्र ८, २०७९

कविता : शान्तिको गर्छु कामना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २८, २०७९  

मकैका बोटबारीमा देखियुन स्याउका बन
गोठमा दुधका धारा, बनाउन स्वस्थ जीवन
माता स्वस्थ रहुन, बच्चाले पिउन दुध तनतन
बाबाले श्रम पोखेर, फलाउन खेतमा सुन

 

                                                     बलुन दीप मधेरीमा, हवस् हृदय झलमल
मान्छेको दुःख पीडामा बगुन है आँसुका भल
भरेर पेट भोकाले, सुनाउन् गीतकर्मको
छरौं सन्देश सेवाको, सेवा अमुल्य धर्मको

अमूल्यमूल्य मान्छेको, मानवमानव भै बढुन्
गरीब, निमुखा, सोझा, छिट्टै पर्वतमा चढुन्
बजुन सन्तोषका बाजा हवस विकास गाउँको
सधैं शान्ति बनी बढोस् गौतम वुद्धको देशको

मिलाई हातमाहात, बिचार एउटै बनोस्
देशहो स्वर्गको टुक्रा, स्वर्ग जस्तै भइ रहोस्
बहोस अमृत झैं वायु जागुन पिपल औबर
म पाउँ गाउँमा गाउँ रमाउँदै भइ चञ्चल

    –काँसीराज अधिकारी कोहलपुर, बाँके

प्रकाशित मितिः शनिबार, माघ २८, २०७९     8:48:45 PM  |