जिल्लास्तरीय हाजिरीजबाफमा त्रिभुवन मावि प्रथम



कोहलपुर ।
ज्ञान बहुमुखी क्याम्पसले जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा त्रिभुवन मावि कोहलपुर प्रथम भएको छ । बुधबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर खनालको प्रमुख अतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । पानसमा बत्ती बालेर अध्यक्ष खनालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उनले यस्ता अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिर जबाफले विद्यार्थीहरूको चौतर्फी विकास गर्ने बताए । ज्ञान बहुमुखी क्यापसले अध्ययन–अध्यापन मात्र नभई विद्यार्थीहरूको क्षमता र ज्ञान अभिवृद्धि गर्न यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको जानकारी दिए । विद्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

बाँके जिल्लामा बिएडतर्फ गणित अध्ययन गराउने एक मात्रै क्याम्पस ज्ञान बहुमुखी भएको उनले जानकारी दिए । बाँके जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको क्याम्पस प्रमुख टेकबहादुर गुरुङले बताए । जसमा माध्यमिक तहका १४ विद्यालयका ४२ जना छात्रछात्राको सहभागिता रहेको थियो ।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरले नगद ७ हजार सहित प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । दोस्रो स्थान प्राप्त गर्दै बागेश्वरी एकेडेमीले नगद ४ हजार हासिल ग¥यो भने धम्बोजी मावि नेपालगन्जले २ हजार नगदसहित तेस्रो स्थान ल्याउन सफल भएको क्याम्पस इसिओ को–अर्डिनेटर दिनेश अर्यालले जानकारी दिए ।

सहभागी विद्यालयलाई प्रमाणप्रत्र र मायो चिनो प्रदान गरिएको सहायक क्याम्पस प्रमुख तिलक केसीले जानकारी दिए । कार्यक्रमको व्यवस्थापन क्याम्पसका विद्यार्थीहरूले गरेका थिए भने कार्यक्रम सञ्चालन नवकिरण शाहले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत १ गते बिहीबार