20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

कोहलपुर पीपलचौतारामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ३१, २०८०  

बाँके ।

कोहलपुर नेपालगन्ज सडक खण्डको पीपलचौतारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राती कोहलपुर– ११ पीपलचौतारामा मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्जमा एक युवकको मृत्यु भएको हो ।

अनियन्त्रित भएर भे७प ७११६ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक
(डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नेपालगन्ज– १८ कारकाँदोका सुभास शाही रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका शाहीको उपचार क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।

प्रकाशित मितिः आइतवार, असार ३१, २०८०     9:40:48 AM  |