नेपालगन्ज (बाँके), नेपालगन्जमा आइतबार कोरी कल्याण समाज बाँकेको साधारणसभा सम्पन्न भएको छ । कोरी कल्याण समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष रामशंकर माधवदासको अध्यक्षता र भारतस्थित उत्तर प्रदेश लखनऊका कोरी कल्याण समाजका अध्यक्ष बृजेशकुमार कौलिकको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।
कोरी कल्याण समाज जिल्ला कार्य समिति बाँकेका उपाध्यक्ष जंगलीप्रसाद कोरी (जेपी) ले सञ्चालन गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादव विशिष्ट अतिथि थिए ।
उक्त कार्यक्रममा मन्त्री यादवले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे । समाजका सचिव मिश्रीलाल कोरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामबेलास कोरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति : २०८० असार १८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्