30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कोहलपुरमा अब तरकारी होम डेलीभरी, ९८५८०४३०४० मा सम्पर्क गर्नुहोस् ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा सर्वसाधारणको सहजताका लागि घर तरकारी पुर्याइने भएको छ । कोरोना भाइरसका कारण विगत एक हप्तादेखि गरिएको लक डाउनको मारमा परेका स्थानीयको सहजताका लागि घरमा घरमा होम डेलीभरी गरिने भएको हो ।

कोहलपुर कृषि हाट बजार समितिले कोहलपुरमा दैनिक चाहिने तरकारी तथा फलफूलको अर्डर आएमा घरमै पुर्याउने व्यवस्था मिलाएको जनाएको छ ।

कृषि हाट बजार कोहलपुरका अध्यक्ष छविलाल भटरटराईका अनुसार आफ्नै सवारी साधन प्रयोग गरी नगरवासीलाई तरकारी होम डेलेभरीको व्यवस्था गरिएको हो । कोहलपुर बजार क्षेत्रमा रहेका खुद्रा व्यापारीलाई पसल मै तरकारी पुर्याउने व्यवस्था मिलाइएको छ ।

कृषि मन्डीमा भिडभाड कम गर्न खुद्रा व्यपारीले अर्डर गरेको खण्डमा पसलमा समान निर्णय गरिएको बताए । यसले गर्दा स्थानीयलाई सहयोग हुने भएको छ । कोहलपुरमा नेकपाले प्रत्येक वडामा आर्थिक रुपमा विपन्नहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । होम डेलिभरीका लागि सम्पर्क नं ९८५८०४३०४०

प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६     5:21:51 PM  |