1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

छाडा पशु चौपाय व्यवस्थापनको लागि गौशाला निर्माण

रावन विश्वकर्मा
प्रकाशित मितिः बुधबार, साउन २३, २०७५  

बर्दिया/  छाडा पशु चौपायहरुको व्यवस्थापनको लागि नगरपालीकाको आर्थिक सहयोगमा बर्दियाको अमैयामा गौशाला निर्माण कार्य सुरु गरिएको छ । बाँसगढी नगरपालीका ४ अमैयामा तत्काल ३ सय गाँई अट्न सक्ने क्षमताको गौशाला निर्माण कार्य सुरु गरिएको हो ।

गौशाला बाट गौँमुत्र संकलन तथा बिक्रि बितरण, जैबिक मल तथा जैबिक बिषादी उत्पादनका साथै वायो ऊजा प्लान निर्माणका लागि पनि वैकल्पिक ऊर्जा प्रबद्धन केन्द्र केन्द्रिय कार्यालयमा पहल भईरहेको नगर प्रमुख सालिराम अधिकारीले बताए ।

गौशालाबाट बायो ग्याँस उत्पादन गरी स्थानियहरुलाई बायो ग्याँस बितरण समेत गरिने लक्ष्य राखिएको छ । गौशाला निर्माणको लागि बाख्रोर मध्यवर्ति सामुदायिक वन, बाख्रोर सामुदायिक उपभोक्ता समिति र बाँसगढी नगरपालीका सँग सम्झौता भएको छ ।

बाँसगढी नगरपालीकाले व्यवस्थापकिय परिवर्तनका आधारमा गाँई व्यवस्थापनको लागि पहिलो बर्ष बार्षिक १० लाखका दरले ३ किस्तामा दिने र प्रत्येक बर्ष यसलाई निरन्तरता दिने सहमती भएको छ ।

गौशाला निर्माणको लागि बाख्रोर मध्यवर्ति सामुदायिक वन, बाख्रोर सामुदायिक उपभोक्ता समिति र बाँसगढी नगरपालीका सँग सम्झौता भएको हो । अमैया गौशाला निर्माणको लागि सम्झौता पत्रमा बाँसगढीका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल र बाख्रोर मध्यवर्ति सामुदायिक वनका अध्यक्ष चक्र बहादुर चन्द, कोषाध्यक्ष शुरज बहादुर मल्ल, सचिव पुर्ण बहादुर वली र बाख्रोर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर वलीले हस्ताक्षर गरि निर्माण कार्य सुरु भईसकेको बाँसगढी नगरपालीकाका सूचना अधिकारी शेर बहादुर केसीले जानकारी दिए ।

गौशाला निर्माणको लागि अहिले प्राबिधिक कार्य सँगै फर्स गर्ने काम भईरहेको र १ हप्ता भित्र गौशाला निर्माणको काम सक्ने लक्ष्यका साथ काम भईरहेको अमैया गौशाला निर्माण व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर वलीले बताउनु भयो ।

छाडा पशु चौपायहरुले किसान, आवतजावत गर्ने सर्बसाधरण, राजमार्गमा गुड्ने सवारी साधनलाई समेत अपठ्यारो भईरहेको महसुस गर्दै छाडा पशु चौपायहरुको व्यवस्थापनको लागि बाँसगढी नगरपालीका लागि परेको छ ।

प्रकाशित मितिः बुधबार, साउन २३, २०७५     10:45:52 AM  |