मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस ३, २०७९
बाँके ।
कोहलपुर नगरपालिका– ११ मा शनिबार साँझ जीपको ठक्करबाट पैदल हिँडिरहेकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया उषा गुरुङ रहेकी छिन्।
कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। साँझ साढे ६ बजे बा १ ञ २४३८ नम्बरको जीपले पैदल हिँडिरहेकी गुरुङलाई ठक्कर दिएको थियो।
ठक्कर दिने गाडीलाई नियन्त्रणको माग गर्दै मृतकका आफन्त तथा स्थानीयहरुले टायर बालेर करिब दुई घण्टा चौराह लगायतका स्थानमा सडक अवरुद्ध गरेका छन् ।
दुर्घटना पश्चात जीपसहित फरार रहेका चालकलाई गए राति सवा ९ बजे नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।
यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।