16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

राप्तीमा फसेका ६ जनाको उद्दार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १८, २०८०  

बाँके,
राप्तीको बाढीमा फसेका ६ जनाको सकुसल उद्दार गरिएको छ । राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरका गोठाला गएका स्थानीय व्यक्तिहरू पानीको सतह बढेपछि राप्ती नदीको टापुमा फसेका थिए ।


सबैजनाको शनिबार राति १० बजे सकुसल उद्दार गरिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले जानकारी दिइन् । उनका अनुसार ६ जना गोठाला र ७८ वटा बाख्राहरूको सुरक्षाकर्मी र स्थानीयको सहयोगमा राति नै सकुसल उद्दार गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले ग्वालाहरूसँगै उनीहरूको साथमा रहेका ७८ वटा बाख्राको पनि सुरक्षाकर्मीको सहयोगमा राति उद्दार गरिएको बताए ।

उद्दारका लागि प्रजिअ आचार्यसहित बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर, कोहलपुरका डिएसपी सुन्दर तिवारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी खटेका थिए ।

प्रकाशित मितिः सोमवार, असार १८, २०८०     11:36:17 AM  |