होटलबाट १८ युवायुवती पक्राउ प्रकरणः कण्डम समेत बरामद



बाँके ।

युवायुवती नियन्त्रणमा लिएको नेपालगन्जको न्यूरोडमा रहेको बौद्ध गुम्बा नजिकै रहेको एक होटेलबाट प्रहरीले परिवार नियोजनको अस्थायी साधन कण्डम समेत बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले होटलमा छापा मारेर होटल सञ्चालकसहित १८ जनालाई आइतबार नियन्त्रणमा लिइएको थियो ।
होटलबाट केही थान कण्डमहरू समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

‘पक्राउ पर्ने १८ जनामध्ये एकजना होटल सञ्चालक समेत रहेका छन्’ उनले मिसन टुडेन्यूजसँग भने, ‘केही थान कण्डमहरू समेत फेला परेका छन् । युवायुवती रङ्गेहात पक्राउ परेका होइनन् । बसिरहेको अवस्थामा मात्र पक्राउ परेका हुन् ।’

होटल सञ्चालकलाई कारबाहीको दायरामा ल्याएर अन्यलाई अभिभावकको जिम्मा लगाइने बाँके प्रहरीले जनाएको छ । बोर्ड समेत नभएको एक होटलमा छापा मारेर वडा प्रहरीले ११ जना पुरुष र ७ जना महिलालाई पक्राउ गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १७ गते आइतबार