फोहोर व्यवस्थापनका लागि डस्टबिन सहयोग



पुरन परियार,खजुरा
गणतन्त्र दिवसको अवसर पारेर खजुरा र बैजनाथका विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । मिलिजुली स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्था ई गाउँले विद्यालयलाई डस्टबिन वितरण गरेको हो ।


खजुरा र बैजनाथ गाउँपालिकामा रहेका सहकारीमा आबद्ध भएका चारवटा विद्यालयलाई फोहोर व्यवस्थापनका डस्टबिन सहयोग गरिएको उक्त सहकारी संस्थाका अध्यक्ष खड्कबहादुर वलीले जनाए । उनका अनुसार प्रतिविद्यालय दुईवटाका दरले डस्टबिन सहयोग गरिएको छ । विगत लामो समयदेखि सहकारी क्षेत्रमा काम गर्दै आएको मिलिजुली सहकारी संस्था हाल आएर विभिन्न सामाजिक कार्यमा पनि अग्रसर भएको उनले बताए । सूर्यज्योति प्रावि बैजनाथस्थित मनकामना, नेपाल राष्ट्रिय आधारभूत विद्यालय ई गाउँ, जनकल्याण माध्यमिक विद्यालय एफ गाउँ र आर्दश आधारभूत विद्यालय डी गाउँलाई उक्त डस्टबिन वितरण गरिएको अध्यक्ष वलीले जनाए ।वडा नम्बर ४ का वडाअध्यक्ष टेकबहादुर क्षेत्रीको प्रमुख आतिथ्य थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार