अलपत्र परेका विद्यार्थीको उद्दार



कोहलपुर ।

निषेधाज्ञाका कारण अलपत्र परेका विद्यार्थीहरुको उद्दार गरिएको छ । समस्यामा परेका ९ जना विद्यार्थीहरुलाई लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाबाट नेपालगञ्जसम्म उद्दार गरेर ल्याइएको हो ।

विपी स्टडी युथ सर्कल हुम्लाका अध्यक्ष बसन्त शाहीको अगुवाईमा कर्णाली जिल्लाका विद्यार्थीलाई उद्दार गरेर नेपालगञ्ज ल्याइएको थियो ।

उद्दार गरिएका विद्यार्थीहरुमा हुम्लाका ३, जुम्लाका ३, मुगुका २ र कालिकोटका एक जना रहेको अध्यक्ष शाहीले जानकारी दिए ।

नेपालगञ्जबाट घरसम्म जाने व्यवस्था मिलाएर घर पठाइएको उनले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ३ गते सोमबार