मिसन संवाददाता
नेपालगन्ज, १२ जेठ
बाँकेस्थित कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे दैनिक पत्रिका राष्ट्रिय दैनिकअन्तर्गत ‘ख’ वर्गमा वर्गीकृत भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को पुनरावलोकनसहितको पत्रपत्रिका वर्गीकरण÷मूल्यांकन नजिताअनुसार मिसन टुडे राष्ट्रिय ‘ख’ मा वर्गीकृत भएको हो ।

बाँकेबाट प्रकाशित हुने पत्रिकामध्ये राष्ट्रिय स्तरको वर्गीकरणमा पर्ने मिसन टुडे पहिलो पत्रिका बनेको छ ।
यसभन्दा पहिला मिसन टुडे प्रदेश ‘ख’ मा वर्गीकृत भएको थियो । २०६८ असार ११ गतेदेखि कोहलपुर केन्द्रित भएर मिसन टुडेले आफ्नो प्रकाशन यात्रा शुभारम्भ गरेको थियो । त्यतिबेला सानो र सादा किसिमले पत्रिका प्रकाशन हुन्थ्यो ।
‘सूचनामा तपाईंसँगको साझेदारी’ भन्ने मूल मन्त्र लिएर नियमित प्रकाशन भएको यस पत्रिकाले व्यावसायिक र मर्यादित पत्रकारितालाई आत्मसाथ गरेको पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक विनोद पौडेलले जनाए । ‘सानो पुँजीमा प्रकाशन भएको पत्रिका राष्ट्रियस्तरसम्म पुग्दा कठिन यात्रा गरेको छ,’ उनले भने, ‘पत्रिका राष्ट्रिय स्तरमा वर्गीकृत भएको खुसी लागेको छ ।
यो खुसी पाठक, विज्ञापनदाता, लेखक, सहकर्मीसबैलाई समर्पित गर्न चाहान्छुँ ।’
मिसन टुडे पत्रिका बाँकेबाट प्रकाशित भइ पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा सर्वाधिक पढिन्छ ।









प्रतिक्रिया दिनुहोस्