कोहलपुरको अनमोल होटलमा युवक मृत फेला



बाँके ।

कोहलपुरको शितभण्डार नजिकै रहेको अनमोल होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

होटलको कोठा नम्बर २०१ मा एक युवक मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

वैशाख ३१ गते साँझ होटलमा कोठा लिएर मृतक युवक बसेको बताइएको छ । आज दिउँसोसम्म पनी कोठा नखोलेपछि होटल मालिकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आएर ढोका फोडेर हेर्दा युवक मृत अवस्थामा फेला परेका हुन् । उनको परिचय भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले शवलाई आवश्यक प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २ गते मंगलबार