लागुऔषध ब्राउनसुगरसहित युवतीलाई पक्राउ



बर्दिया ।

लागु औषध ब्राउन सुगरसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखरकी १८ वर्षिय आस्मा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट प्रहरीले चौधरीलाई शनिबार नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए ।

‘भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आउँदै रहेकी युवतीको साथबाट ३ सय ३० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ’ प्रहरी निरीक्षक क्षेत्रीले भने, ‘युवतीलाई लागु औषधसहित नियन्त्रणमा लिई आइतबार अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २५ गते सोमबार