मेरो नाम लिलबहादुर राना । म कोहलपुर नगरपालिका वडा नम्बर ६ मा बस्छु । मेरो जन्म सुर्खेत जिल्लामा भएको हो । सुर्खेतको डाँडाखानी गाउँ विकास समिति वडा नम्बर ६ माल्पा मेरो जन्मस्थान हो । म वि.स. २०२५ सालमा जन्मिएको हो । मैले प्राथमिक तहको शिक्षा गाउँमै आर्जन गरे । माध्यमिक र स्नातक तहको शिक्षा वीरेन्द्रनगरमा हासिल गरेको हो ।
त्यसपछि शिक्षण पेसामा प्रवेश गरेँ । जागिरको सुरुवातमा मैले गाउँ विकास समितिको सचिव भएर काम सुरु गरेको थिए । त्यसपछि स्थायी शिक्षक भए । त्यो सँगै मेरो सरकारी सेवा औपचारिक सेवा सुरु भएको थियो ।
लामो समय शिक्षण पेसामा आवद्ध भए । भेरी माध्यमिक विद्यालयमा धेरै वर्ष प्रधानाध्यापक भएर काम गरे । शारदा माध्यमिक विद्यालय छिन्चुमा शिक्षकको रुपमा धेरै वर्ष बिताएको छु । यस्तै शिक्षा अन्तर्गत नै स्रोत व्यक्ति भएरपनि सेवा गरेको अनुभव म सँग छ ।
त्यसपछि बाँके जिल्लाको जन कल्याण माध्यमिक विद्यालय बद्रिपुर एच गाउँबाट मैले सेवा निवृत्त भए । म वि.स. २०७२ माघ १३ गते सेवा निवृत्त भएको हुँ । मैले उमेरका कारण नभई नेपाल सरकारको नियम अनुसार पेन्सन खान मिल्ने भएकोले स्वेच्छिक अवकाश लिएर सरकारी सेवाबाट विदा भएको हुँ ।
अहिले आएर म व्यवसायमा जोडिनुको पछाडि मेरो पारिवारिक पृष्ठभूमि महत्वपूर्ण छ । म पहाडमा जन्मे । पहाड मै हुर्के । बाल्यकालदेखि नै मौरीप्रति मेरो आकर्षण थियो । म जंगलमा भएका मौरीहरुलाई कसरी संरक्षण गर्नुपर्छ भनेर लागिरहन्थे । जंगलका मौरी घरमा ल्याएर राख्थे । मौराप्रेमी स्वाभाव र त्यसप्रति अलि बढी नै जिज्ञासुपनि थिए ।
एक प्रकारले भन्ने हो भने, प्रकृतिप्रति मलाई उहिलेदेखि नै प्रेम थियो । मौरी, भँमरा,किराहरु प्रकृतिसँगै मानवसँग कसरी जोडिएका छन् भन्ने मलाई खुल्दुली लागि रहन्थ्यो । यस्तै पशुवस्तुहरु जंगली युगबाट आउँदै गर्दा मानव जातिसँगको सम्बन्ध के छ भनेर अध्ययनसमेत गर्थे । गाईको दुध राम्रो छ गाई पाल्न थालियो । मौरीको मह राम्रोसँग मौरी पाल्न थालिएको हो । सोच्ने हो भने त रौचक कुरा छ नि त ? त्यसैले पहिलेदेखि नै मौरीप्रति मेरो नजिकको नाता थियो ।
लामो समय शिक्षण पेसामा बिताए । अवकाशपछि पनि उमेर र सक्रियताका हिसाबले बाँकी जीवन थियो नै । के गर्न सकिन्छ त भन्ने लागेपछि मौरी पालनतर्फ मेरो बढी झुकाव हुने नै भयो । त्यसपछि मौरी व्यवसाय सुरु गरेको हो । म मौरीको महत्व दर्साउँदै यसको संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि सक्रिय भएको हो ।
कोहलपुर म २०७१ सालदेखि व्यावसायिक रुपमा मौरी पाल्दै आएको छु । मैले मेलीफेरा जातको मौरी पालिरहेको छु । यो निकै उपयोगी हो । यसबाट मौरी मात्रै होइन धेरै कुरा लिन सकिन्छ भनेर म लागेको हो । मेरो अनुभव र अध्ययनले मेलीफेरा नै उपयुक्त हुन्छ भनेर छनोट गरेको हो । त्यतिबेला मैले यस सम्बन्धी कुनैपनि तालिम केहीपनि लिएको थिइन् । त्यति बेला म एउटा सहकारी संस्थाको अध्यक्षपनि थिए ।
जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थामार्फत मौरी पालन र यसको प्रवद्र्धनका लागि हामीले धेरै काम गरेका छौँ । यसै शिलशिलामा मौरीसँग सम्बन्धित संस्थासँग जोडिने मौका पाए । यसमा मैलेपनि धेरै कुरा सिके । मैले मौरी पालन सम्बन्धी बाँकेका जिल्लाका धेरै व्यावसायीहरुलाई तालिम प्रदान गरेको छु ।
ती मध्ये केही व्यावसायिक रुपमा धेरै अघि बढ्नु भएको छ । हामीले सहकारीमार्फत मौरी पालन सम्बन्धी निरन्तर गतिविधि ग¥यौँ । त्यसपछि मौरी पालन व्यावसायले व्यावसायिक रुप लिएको हो ।
मौरी अन्य किराहरूमध्ये एक फाइदा जनक र धेरै संख्यामा रहने किरा हो । मौरी प्राचीन समय पालन गर्दैनथे भने पुरानो समयमा मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुडा आदिमा राखेर पालन गर्थे यही शिलशिलामा आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस पे्रmम घारको आविष्कार भयो ।
मह मदानीको आविष्कार भएपछि मौरीलाई व्यवसायिक रूपमा पालन गरी फर्म खोलेर अहिले पालन गरिरहेका छन् । मेलीफेरा र सेराना जातका मौरी पालन गर्दा राम्रोसँग उत्पादन दिने गर्दछन् । मेलीफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ ।
स्वभाविक रुपमा व्यवसायमा आम्दानीको प्रसंग आउँछ नै । आम्दानीको हिसाब हुनैपर्छ । आम्दानीको सृष्टिले मौरी पालन व्यवसायमा सम्भावना रहेका छन् । हामीले पालिरहेको मेलीफेरा व्यावसायिक रुपमा नै पाल्न उपयुक्त मौरी हो । किन भने यो मौरीबाट मह निकाल्न सकिन्छ । पोलर निकाल्न सकिन्छ ।
यो बहुउपयोगी मौरीसमेत हो । यसबाट अन्य धेरै कुरा निकाल्न सकिन्छ । मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने महत्वपूर्ण चीजहरु यसमा हुन्छ । मेलीफेरा विशेष गरी व्यावसायिक दृष्टिले उपयुक्त रहेको छ । बाँकेमा यसले व्यावसायिक रुपमा लिइसकेको छ । अझै बढाउन आवश्यक छ ।
त्यसको लागि सरकारी निकाय र स्थानीय सरकारको सहयोग महत्वपूर्ण रहेको छ । अहिलेसम्म जेति भएका छन् ती सबै व्यक्तिगत तवरबाट भएका प्रयासका प्रतिफल हुन् । कृषि क्षेत्रमा अनुदानका नाममा धेरै रकम बाँडेको पनि देखिन्छ । यसमा मौरी पालन व्यवसायमा प्राथमिकता दिनुपर्छ । व्यवसाय गर्नेहरुलाई अनुदान लिनुपर्छ ।
मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने व्यवसाय प्रवद्र्धनका लागि मलाई पनि विभिन्न निकायबाट सहयोग प्राप्त भएको छ । यस्तै मेरो फर्मबाट मौरीको पकेट कार्यक्रमपनि चलाएको थिए । तीन वर्षे कार्यक्रम चलाउँदा हामीले मौरी पालनको महत्वलाई थप शसक्त बनाउ भूमिका खेलेका छौँ ।
तर सरकारी निकाय र स्थानीय सरकारले जसरी मौरीलाई प्राथमिकता दिनुपर्ने हो । त्यो कुराको कमी रहेको छ । त्यसरी मौरीको महत्व बुझेको म पाउँदिन । किनभने मौरी पालन गर्दा के फाइदा हुन्छ । मौरीबाट किसानलाई हुने फाइदाका विषयमा जानकारी कम भएको देखिएको छ । जनमानसमा समेत यस्ता विषयमा जानकारी गराउन आवश्यक देखिन्छ । पालिकास्तरबाट हामीले सोचे अनुरुपको सहयोग प्राप्त गर्न सकिरहेका छैनौ । सबै पालिकामा मौरी पालन सम्बन्धि कार्यक्रम गर्न जरुरी छ ।
कृषि क्षेत्रको धेरै हिस्सा मौरी पालनले ओगटेको छ । मौरीले मानव मात्रै होइन सिंगो वातावरणलाई समेत सहयोग गर्छ विभिन्न कुरामा । मौरी पालन, तरकारी,धान र विभिन्न खेतीसँग समेत जोडिएको छ । स्वच्छ वन र वातावरणका लागि पनि मौरीको संरक्षण हुुनु जरुरी देखिएको छ । मौरीलाई जोगाउनसमेत आवश्यक छ ।
स्थानीय सरकारको नेतृत्वले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । अमेरिकाको कुरा गर्नुहुन्छ भने कूल बजेटको दुई प्रतिशत बजेट मौरी पालन व्यवसायमा छुट्याउँछ । यहाँ प्रतिशतको कल्पना गर्न सकिने अवस्था छैन । यसो छेउछाउतिर टालटुल गर्ने प्रवृत्ति रहेको छ । जुन कुरा यो पेसा र विश्वको लागि नै दुःखद् कुरा हो ।
सञ्जिीवनी मौरी फर्म छ मेरो । कोही मौरी पालन व्यवसाय गर्न इच्छुक हुनुहुन्छ भने मलाई सम्झिनुहोस् हामी सहयोग गर्न तयार छौँ । रोजगारीको लागि विदेश जान आवश्यक छैन । मौरीबाट रोजगारी सिर्जना गर्न सकिने धेरै सम्भावना रहेको छ । हामीले यसको प्रयोग र उपभोग गर्न सकिरहेका छौँ । यसमा नीतिगत रुपमा अघि बढ्नुपर्छ । युएस डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिस, नेशनल हनी बोर्डका अनुसार एक प्रकारको ब्याक्रेटिया पाइन्छ । १ वर्षमुनीका बालबालिकालाई मह खाए ने स्वासप्रस्वास, मांसपेसी र नसा सम्बन्धी समस्या आउँछ ।
(मौरीपालक किसान लिलबहादुर रानासँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्