20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

बाँकेमा आगलागीका कारण १५ वर्षमा ६ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २०, २०८०  

शुभाकर विश्वकर्मा
कोहलपुर,१९ वैशाख
बाँकेमा विगत १५ वर्षमा आगलागीका कारण ६ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६४÷०६५ देखि २०७८÷०७९ सम्म जिल्लाका विभिन्न पालिकामा भएको आगलागीका कारण ६ जनाको निधन भएको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको तथ्यांक अनुसार आर्थिक २०६७÷०६८ मा एक जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६८÷०६९ र २०७४÷०७५ मा २÷२ जनागरी कूल जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को वैशाखदेखि चैत्र मसान्तसम्म थप १ जनाको आगलागी कै कारण मृत्यु भएको छ । ती व्यक्तिको कार्तिक महिनामा मृत्यु भएको थियो ।


यस्तै १२ वर्षमा आगलागीका कारण साढे १३ हजार बढी मानिस प्रभावित भएका छन् । आर्थिक वर्ष २०६४÷०६५ देखि २०७८÷०७९ सम्म कूल १३ हजार ६ सय ३० मानिस प्रभावित भएका हुन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको तथ्यांक अनुसार सबैभन्दा धेरै आर्थिक वर्ष २०६८÷ ०६९ मा ३ हजार ४१ जना प्रभावित भएका थिए । हालसम्म सबैभन्दा कम आर्थिक वर्ष २०७८÷०७९ मा ४२ जना प्रभावित भएको तथ्यांकले देखाएको छ । यसैगरी आगलागीकै कारण २ हजार २ सय १० घरधुरी, ४ हजार १ महिला,४ हजार ४ सय २८ पुरुष र ४ हजार ३ सय ४२ जना बालबालिका प्रभावित भएका छन् । कूल ५४ जना आगलागीकै कारण घाइते भएको ज्ञवालीको भनाइ छ ।
आर्थिक वर्ष २०६४÷०६५ मा १ हजार ९९ जना, २०६५÷०६६ मा नौ सय ७८ जना, २०६६÷०६७ मा १ हजार पाँच सय ८४ जना, २०६७÷०६८ मा १ हजार १ सय ७८ जना प्रभावित भएका थिए । आर्थिक वर्ष २०६९÷०७० मा सात सय १३ जना, २०७०÷०७१ मा १ हजार १ सय ६३ जना, २०७१÷०७२ मा ३ सय ९७ जना, २०७३÷०७४ मा नौ सय ७० जना र २०७४÷०७५ मा आठ सय ८६ जना आगलागीका कारण प्रभावित भएको ज्ञवालीले बताए । यसैगरी आर्थिक वर्ष २०७६÷०७७ मा ४ सय ६८, २०७७÷०७८ मा ६ सय १५ र २०७८÷०७९ मा कूल ८४ वटा आगलागीका घटना घटेको थियो ।

एक वर्षमा ५४  पटक आगलागी
गर्मीयाम बढेसँगै जिल्लामा आगलागीको विपद् प्रत्येक वर्ष हुने गरेको छ । समुदायका मानिसहरूको असावधानी पूर्वक आगोको प्रयोग र घरको बनोटले गर्दा आगलागीका घटना हुने गरेको पाइन्छ । आगलागीका घटना बढी होलिया, बेतहनी, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया क्षेत्रहरूमाहुने गरेको तथ्यांकले देखाउछ । जिल्लाका अन्य क्षेत्रहरूमा आगलागीको विपद् भएतापनि प्रभावितहरूको संख्या कम हुने गरेको छ ।

विगत १२ वर्षको अवधिमा सबैभन्दा बढी आ.व. २०६८÷२०६९ मा ५७६ घर जलेर नष्ट भएकोे थियो भने आ.व.२०७५÷२०७६ मापनि १२६ घर जलेर नष्ट र एकै घरका २ बालकको जलेर मृत्यु भएको थियो ।
२०७९ सालको वैशाखदेखि चैत्र मसान्तसम्म जिल्लामा ५३ पटक आगलागी भएको छ । एक जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले कात्तिक महिनामा एक जनाको आगलागीका कारण मृत्यु भएको जनाएको हो । सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले चैत्र महिनामा सबैभन्दा धेरै १२ पटक आगलागी भएको बताए । यस्तै वैशाख ११, जेठमा ६,असारमा ४ र भदौमा २ वटा आगलागीका घटना भएको उनले बताए । यस्तै कात्तिकमा ६,मंसिरमा ४, पुषमा ३,माघमा २ र फागुनमा ४ वटा आगलागीका घटना भएको छ ।

गर्मीयाम बढेसँगै जिल्लामा आगलागीको विपद् प्रत्येक वर्ष हुने गरेको छ । समुदायका मानिसहरूको असावधानी पूर्वक आगोको प्रयोग र घरको बनोटले गर्दा आगलागीका घटना हुने गरेको पाइन्छ । आगलागीका घटना बढी होलिया, बेतहनी, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया क्षेत्रहरूमाहुने गरेको तथ्यांकले देखाउछ । जिल्लाका अन्य क्षेत्रहरूमा आगलागीको विपद् भएतापनि प्रभावितहरूको संख्याक महुने गरेको छ । विगत १२ वर्षको अवधिमा सबभन्दा बढी आ.ब. २०६८÷२०६९ मा ५७६ घर जलेर नष्ट भएकोे थियो भने आ.ब.२०७५÷२०७६ मापनि १२६ घर जलेर नष्ट र एकै घरका २ बालकको जलेर मृत्यु भएको थियो । विगत १२ वर्षको आगलागीको विवरण निम्नानुसार रहेको छ । गतवर्ष नरैनापुरमा अधिकास आगलागीका घटनाहरु रहेका थिए ।

स्थानीय सरकारसँग छैनन् दमकल
बाँकेका धेरैजसो स्थानीय तह दमकल विहीन छन् । बाँकेका आठमध्ये ५ वटा स्थानीय तहमा अझैपनि दमकल छैन । अहिलेसम्म तीन वटा पालिकामा मात्रै दमकल चालू अवस्थामा रहेका छन् । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल छन् । गर्मी बढेसँग हुने नगरका भित्री भागमा हुने आगजनीका घटनामा कमी गर्नलाई उपमहानगरले पानीका पाईपहरु बाट समेत आगलागीका बेला कार्य गर्न सकिने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको जनाएको छ ।

कोहलपुर नगरपालिकामा एउटा दमकलले भए पनि काम गर्दै आएको छ । ‘यति मात्रै होइन कोहलपुर क्षेत्रमा बढिरहेको बाक्लो बस्तीका आगलागीको सम्भावना रहेको छ । यसमा सतर्क रहनुपर्ने अवस्था रहेको छ’ कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले बताइन् ।
बैजनाथ, खजुरा, राप्तीसोनारीमा दमकलको अभाव रहदै आएको छ । बाँकेको सबैभन्दा विकट र आगलागीको उच्च जोखिम रहेको नरैनापुर गाउँपालिकाले पनि दमकल खरिद् गरेको छ ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार कुनै आगलागीका घटना भएमा नरैनापुरको दमकलले तत्काल काम गर्ने गरिरहेको छ । दमकलका फायर फाईटरहरुलाई समेत तालिम दिइएको उनले बताए । अत्यावश्यक रुपमा रहेको दमकल नहुँदा आगलागीबाट ठूलो क्षति व्यहोदै आउँनु परेको छ

 

प्रकाशित मितिः बुधबार, बैशाख २०, २०८०     9:06:02 AM  |