कोहलपुर : कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । कोहलपुर–२ मा रहेको संघर्ष रोजले स्थापना दिवसको अवसरमा मेडिकल कलेजमा रहेका सुत्केरी महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको हो । ग्र्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक तुलसी सुनारले ग्रुपको दोस्रो स्थापना दिवसको अवसरमा ५० जना महिलाहरुलाई सेनेटरी प्याड वितरण गरिएको बताइन् ।
उनका अनुसार ग्रुपको स्थापनाको दिवसमा सामाजिक कार्य गर्ने उद्देश्य अनुसार सुत्केरी महिलाहरुलाई प्याड वितरण गरिएको हो ।‘गु्रप स्थापना भएको दुई वर्ष पुगेको छ । गाइने वार्डमा रहेका महिलाहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । त्यहाँ नर्स र स्टाफहरुलाई समेत सहयोग गरिएको छ ,’ उनले भनिन् । गु्रपले कोहलपुरमा महिलाहरुका लागि आवश्यक प्याड उत्पादन गरिरहेको छ ।
ग्रुपले हाल प्रबन्धक गिता देवी सुनारले दुई थरीका प्याड उत्पादन गरिरहेको पनि जानकारी दिइन् । १ सय र ८० रुपैयाँको प्याकेटमा बिक्रि वितरण गर्दै आएको उनले बताइन् । १ सय रुपैयाँ मूल्य पर्ने सेनेटरी प्याडमा आठ वटा र ८० रुपैयाँ पर्नेमा ६ पिस सेनेटरी प्याड रहेको सुनारको भनाइ छ । रेड रोज सेनेटरी प्याडका नाममा बजारमा बिक्रिवितरण गरिरहेको ग्रुपले जनाएको छ । अहिलेसम्म जानकी गाउँपालिका र कोहलपुर नगरपालिकाका विद्यालयहरुमा प्याड वितरण गरिरहेको प्रबन्धक सुनार बताउँछिन् । बाहिरी बजारमा समेत प्याड पाइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्