सवारी दुर्घटनामा बाँसगढीका युवा महेश्वर अधिकारीको मृत्यु



कोहलपुर ।

बर्दिया बाँसगढी नगरपालिका– ५ का युवा महेश्वर अधिकारीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

हुलाकी राजमार्गमा पर्ने गुलरिया राजापुर सडक खण्डको कुसुम्बा घाट नजिकै सोमबार मध्यराती मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार अधिकारी एक साथीको बिहेमा सहभागी भएर घर फर्किदैं थिए । स्थानीय प्रहरीका अनुसार उनको शव नजिकै भे ११ प ३३६७ नम्बरको मोटरसाईकल समेत दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

मोटरसाईकलमा जनावरका रौं समेत भेटिएकाले मोटरसाईकल कुनै जनावरसँग ठोक्किएर दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ ।

अधिकारीको मृत्यु भएपछि बाँसगढी बजार शोकमा डुबेको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार