21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

अपांगता भएका व्यक्तिलाई उद्यमशील विकास तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ९, २०८०  

कोहलपुर, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा रहेका अपांगता भएका व्यक्तिलाई उद्यमशील विकास तालिम प्रदान गरिएको छ । अपांगता भएका व्यक्तिहरुलाई व्यवसाय छनोट, व्यवसायको प्रयोग र व्यावसायिक योजनाका बारेमा उद्यमशील तालिम प्रदान गरिएको हो ।


डेक नेपालद्वारा सञ्चालित फ्युचरमेकर्स परियोजनाअन्तर्गत उद्यमशीलता विकास (व्यवसाय सचेतना) तालिम समापन गरिएको छ । कोहलपुर र बैजनाथ गरेर तीन सय ३५ जना अपांगता भएका व्यक्तिहरुलाई व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउनको लागि तालिम सञ्चालन गरिएको परियोजनाका प्रोजेक्ट कोडिनेर्टर पारस विश्वकर्माले बताए ।

तालिम समापनमा बोल्दै कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले सीप सिकेर परनिर्भरता कम गर्ने विस्वास व्यक्त गरे । तालिमले आत्मनिर्भर र उद्यमशील बनाएर जीवन परिवर्तनका लागि सघाउ पु¥याउने उनले बताए ।

उक्त अवसरमा बोल्दै डेक नेपालका उपाध्यक्ष इन्द्रबहादुर थकालीले संस्थाले अपांगता भएका व्यक्तिहरुको शसक्तिकरणका लागि काम गर्दै आएको बताए । तालिममा सिकेका कुरा जीवनमा लागू गर्न पनि उनले आग्रह गरे ।

साथै अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरेर जीविकोपार्जन क्यालेन्डरसमेत वितरण गरिएको छ । तालिममा प्रोजेक्ट कोडिनेटर सिविएम ग्लोबलका प्रोजेक्ट कोडिनेर्टर नारायण शर्मालगायतले प्रशिक्षक थिए । सहभागीहरुले तालिममा सिकेका कुरामा आफ्नो जीवनमा लागू पर्ने बताएका थिए । डेक नेपालद्वारा सञ्चालित फ्युचरमेकर्स परियोजना स्ट्याण्डर चार्टर फाउण्डेसनको आर्थिक सहयोग र सिविएम ग्लोबलको साझेदारीमा बाँकेका दुई पालिकामा सञ्चालनमा छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ९, २०८०     8:38:42 AM  |