नेपालगन्ज (बाँके), नेपालगन्ज, कोहलपुरलगायत पश्चिम तराईमा सामान्य बदली भएको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण बिहीबार राति र शुक्रबार बिहान सामान्य बदली भएको हो ।

बिहीबार राति हावाहुरी पनि चलेको थियो । ४० डिग्रीभन्दा माथि पुगेको नेपालगन्जको तापक्रम सामान्य बदली पछि शुक्रबार घटेको छ ।
शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ३२.२ र न्यूनतम २० डिग्री सेल्सियस कायम भएको छ । साथै पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली भयो ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरी चलेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्