नेपालगन्जमा १० दिने पत्रकारिता तालिम सुरु



कोहलपुर ।

सञ्चारकर्मीहरुका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । बिरमी चन्द्र फाउण्डेसन नेपालको आयोजनामा १० दिने तालिम सोमबारदेखि नेपालगन्जमा सुरु भएको हो । उक्त तालिमको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सदस्य तथा पूर्वमन्त्री कृष्णा केसी (नमुना) ले उद्घाटन गरिन् ।

नमुनाले भनिन्, ‘सञ्चारकर्मीहरुको लेखनशैली वृद्धि र क्षमता अभिवृद्धिका लागि तालिमले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । पत्रकारिता क्षेत्रमा गुणस्तर कायम हुन आवश्यक छ ।’ तालिमले सहभागीहरुलाई थप उत्साह र जिम्मेवारपूर्ण बनाउने उनले विश्वास व्यक्त गरिन् ।
‘आधारभूत ज्ञान प्राप्तिका लागि यो तालिम महŒवपूर्ण छ,’ उनी भन्छिन् ।

आगामी दिनमा पत्रकारको थप क्षमता अभिवृद्धिका लागि व्यक्तिगत तथा प्रदेशसभाबाट गर्नुपर्ने सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् । बिरमी चन्द्र फाउण्डेसन नेपालका अध्यक्ष डक्टप्रसाद धितालले सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताए । कुशल सञ्चारकर्मी उत्पादन गर्ने तालिमको उद्देश्य रहेको उनी बताउँछन् ।

यस्तै उक्त अवसरमा बोल्दै मुख्य प्रशिक्षक हेमन्त कर्माचार्यले पत्रकारहरु समाजको ऐना बन्नुपर्ने बताए । समाजमा लुकेर रहेका बस्तीका विषयलाई पत्रकारले समेट्नु पर्ने उनको भनाइ छ ।

तालिममा प्रशिक्षकको रुपमा शंकरप्रसाद खनाल, रुद्र सुवेदी, गोविन्द्र पाण्डे, डिल्ली बिसीलगायत छन् । १० दिनसम्म चल्ने तालिममा लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले आर्थिक सहयोग गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २८ गते मंगलबार