21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

बाँसगढी–५ को वडा कार्यालयमा चोरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २४, २०७९  

मधुर पौडेल । बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ को कार्यालयमा चोरी भएको छ । बिहीबार बिहान कार्यालयको मुल ढोकामा रहेको ताल्चा फुटालेर चोरी भएको हो ।

वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष प्रकाश बरालका अनुसार अज्ञात समूहले कार्यालय परियोजनाका लागि प्रयोग भइरहेका चारवटा ब्याट्री चोरी भएका हुन् ।

बिहान कार्यालय सहयोगी नगेन्द्रकुमार थारुले थाहा पाएपछि घटना बाहिरिएको हो । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । ईलाका प्रहरी कार्यालय बाँसगढीले घटनाबारे मुचुल्का उठाएर थप अध्ययन गर्ने जनाएको छ ।

कार्यबाहक वडाध्यक्ष बरालका अनुसार दुईवटा ८० हजार र दुईवटा ६२ हजार मूल्य बराबरका ब्याट्री चोरी भएका हुन् ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २४, २०७९     9:42:34 AM  |