कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाँउपालिकामा रहेका विपन्न परिवारलाई ग्याँस चुल्हो र मोटर वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा रहेको एक सामुदायिक वनद्धारा आफ्ना उपभोक्ताहरुलाई ग्याँस चुल्हो र मोटर वितरण गरिएको हो । सरस्वती सामुदायिक वन उपभोक्ता समुहले ७० जना विपन्न नागरिकलाई ग्याँस चुल्हो वितरण गरेको हो ।
उक्त सामुदायिक वनले विपन्नमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत सामग्री वितरण गरिएको राजमोती थारुले बताइन् । उनका अनुसार ३४ विपन्न परिवारलाई ग्याँस चुलो र ३६ जनालाई पानी तान्ने मोटर वितरण गरिएको हो ।
सरस्वती सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष थारुले वर्षातको समयमा पानी आउने रदाउरा भिजे पछि खाना पकाउन निकै समस्या हुँदै आएकोले ग्याँस वितरण गरेको बताइन् ।
राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले विश्वमा बढ्दो वायु प्रदुषणलाई रोक्नुका साथै दाउरा बालेर खाना पकाउन निकै समय लाग्ने हुनाले सहजताका लागि ग्याँस चुल्हो विवरण गरीएको भन्दै खुसी व्यक्त गरिएको बताइन् ।
राप्तीसोनारी गाउँपालिका कै कान्छो सामुदायिक वन उपभोक्ता समुहका रुपमा रहेको सरस्वती सामुदायिक वन उपभोक्त समुहमा १ सय ३ जना उपभोक्ता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्