बाँके २ (क) मा जसपाका भण्डारी विजयी



बाँके : बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर विजयी भएका छन् । नेकपा एमालेका विजयबहादुर यादवलाई पछि पारै अहिरले विजय प्राप्त गरेका हुन् । भण्डारीले ११ हजार ५०४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका विजयबहादुर यादवले ९३५८ मत पाएका छन् ।
दुई हजार एक सय ४६ मतको अन्तरले भण्डारी विजयी भएका हुन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजकुमार बर्माले ८७३१ मत पाएका छन् ।

क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ९ सय ५० मत खसेको थियो ।

प्रदेशसभामा पहिलोपटक निर्वाचित हुन लागेका यादव गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । उनी २०७४ को स्थानीय चुनावमा डुडुवा ३ बाट वडा अध्यक्ष चुनिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार