17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाँकेमा एमालेले टुंग्यायो उम्मेदवार (नामसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २२, २०७९  

बाँके ।

नेकपा एमालेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आफ्ना उम्मेदवार टुंग्याएको छ ।

जसपा र राप्रपासँग तालमेल गरेको एमालेले आफ्ना भागमा परेका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको हो । प्रतिनिधि सभातर्फ बाँके क्षेत्र नम्बर १ मा सूर्य ढकाल र क्षेत्र नम्बर ३ मा किस्मतकुमार कक्षपतिले टिकट पाएका छन् ।

ढकाल केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज हुन् भने कक्षपति एमाले बाँकेका अध्यक्ष हुन् ।

क्षेत्र नम्बर २ भने एमालेले गठबन्धनमा रहेका दललाई दिएको छ । प्रदेशतर्फ क्षेत्र नम्बर १ (ख) मा दुर्गाप्रसाद चौधरी, क्षेत्र नम्बर २ (क) मा विजय यादव, प्रदेश सभा (ख) मा निरक गुरुङ्ग, क्षेत्र नम्बर ३ (क) मा रत्न खत्री र (ख) मा भीम ओलीले टिकट पाएका छन् ।

क्षेत्र नम्बर १ (क) को प्रदेश सभाको सिट भने गठबन्धनमा रहेको राप्रपालाई एमालेले छोडिदिएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज २२, २०७९     11:31:04 AM  |